सशस्त्रका पौडेल एआइजीमा पदोन्नति

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई शुक्रबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहकाबिच उनलाई आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरे। समारोहमा महानिरीक्षक अर्यालले आफ्नो […]

अहिलेसम्म ५२९ पालिकाको मतपरिणाम सार्वजनिक, कुन दलको कति ?

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५२९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो स्थानमा छ। नेपाली कांग्रेस २३६ पालिकामा विजयी भएको छ। परिणाम घोषणा भएकामध्ये कांग्रेसले ४४ प्रतिशत स्थानीय तहमो जित दर्ता गरेको हो। कांग्रेसले अहिलेसम्म २३९ प्रमुख पदमा विजयी हुँदा २२० पालिका […]

भारतीय कांग्रेसको गुजरात प्रदेश प्रमुखद्वारा पार्टी परित्याग

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गरेका छन् । पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्– ‘मैले आज पार्टीको गुजरात प्रदेश कार्य समितिको अध्यक्ष र साधारण सदस्यबाट राजीनामा दिएको छु ।’ उनले आफ्नो […]

चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि बुधबार बैठक बोलाइएको छ ।

भारतीय प्रम मोदी भोलि लुम्बिनी आउँदै, प्रधानमन्त्री देउवा आजै पुगे लुम्बिनी

बुटवल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जेठ ३ गते लुम्बिनी आइपुग्ने भएका छन् । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउनका लागि भारतीय प्रम मोदी लुम्बिनी आउन लागेका हुन् । यसैबीच नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षीको स्वागत तथा बुद्ध जयन्तीमा सहभागि हुनका लागि आजै लुम्बिनी पुगेका छन् । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री […]

रेणु दाहाललाई उछिन्दै एमालेका सुवेदीको अग्रता बढ्यो

काठमाडौं । स्थानीय निर्वाचनको सबैभन्दा बढी चर्चामा पाएको मध्य एक महानगरपालिका भरतपुरको प्रतिस्पर्धा अझ रोचक बनेको छ । सुरुवातदेखि अग्रता कायम गर्दै आएकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाललाई पछाडि पार्दै नेकपा (एमाले)का विजय सुवेदी अगाडि बढेका छन् । पछिल्लो परिणाम अनुसार भरतपुरमा एमालेका विजय सुवेदीले २ हजार ६९३ मत पाएका छन् । माओवादी […]

काठमाडौं १ को वडाध्यक्षमा एमालेका भरतलाल निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनी ६२२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याएका छन् । लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् भने राप्रपाका किरोजमान डंगोलले २२८, माओवादी केन्द्रका २८ […]

एमालेले निर्वाचनको अवमूल्यन गरेको र अन्तिम परिणाम कुर्ने धैर्यता नराखेको गगन थापाको आरोप

काठमाडौं । स्थानीय निर्वाचनमा धाँधली भएको भन्ने नेकपा (एमाले)को आरोपलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जवाफ फर्काएका छन् । कांग्रेस महामन्त्री थापाले एमालेको आरोपको जवाफ दिँदै यो अभिव्यक्ति सिंगो निर्वाचन पक्रियामाथिको अवमूल्यन भएको बताएका छन्। ‘मतदानसम्म ठीक, मतगणनाको प्रारम्भमा पनि ठीक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिंगो […]

एमालेलाई २ मतले हराएर मुस्ताङको घरपोझङमा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । मुस्ताङको घरपोझङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीका अनुसार लालचनले ७६० मत ल्याएका छन् भने एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्। उनीहरूबीच दुई मतको अन्तर छ। उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जमुना थापा मगर ६९३ मत ल्याएर विजयी भएकी छन्। एमालेकी मीमकुमारी शेरचनले ६१८ मत […]

नयाँ मतदाताले पाएनन परिचयपत्र, मतदान गर्न नपाउनेको यस्ता छन् दुःख 

काठमाडौं, ३० बैशाख । स्थानीय तहको निर्वाचनमा सबैभन्दा चासोको क्षेत्र रहेको काठमाडौंमा निकै कम मतदान भएको अनुमान गरिएको छ । यस पटकको निर्वाचनमा भाग लिन युवा पुस्ता उत्साहित भए पनि धेरैले आफ्नो मताधिकार प्रयोग गर्न नपाई मतदान स्थलबाट फर्कनु परेको छ । निर्वाचनको तीन दिन अगाडि आयोगले पत्रकार सम्मेलन गरि  मतदाता परिचय पत्र नभए पनि […]