काठमाडौँ । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई शुक्रबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहकाबिच उनलाई आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरे।
समारोहमा महानिरीक्षक अर्यालले आफ्नो जिम्मेवारीका क्षेत्रमा प्रदर्शन गरेको कार्यक्षमता, साङ्गठनिक विकासमा पुर्याएको योगदान तथा सेवाप्रतिको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नति गरेको बताए ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरू सबै समान रहेको उल्लेख गर्दै फौजी संस्कार निर्माण गरी आवश्यकता अनुरुपको नीति नियम तर्जुमा गर्दै सामूहिक नेतृत्व र सामूहिक निर्णयका साथ सङ्गठनलाई अगाडि बढाइने स्पष्ट पारे ।