पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

फेदीमा अस्वस्थ महसुस गर्नुभएर बेहोस हुनुभएका घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसँगै दर्शनका लागि आएका घिमिरेलाई उनकै गृहजिल्ला पठाइसकिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

Loading...