काठमाडौंको केन्द्र असन, महानगरपालिका २७ वडामा नेपाली कांग्रेसको प्यानलै बिजय

काठमाडौ । काठमाडौंको केन्द्र बिन्दु मानिने असन क्षेत्र , महानगरपालिका वडा २७ मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएका छन ।

कांग्रेसका तर्फबाट वडा अध्यक्ष उम्मेदवार योगेश कुुमार खड्गीले  १ हजार ५८५ मत ल्याएका बिजयी भएका छन । 

उनका निकटतम प्रतिस्पर्धी पुर्व वडा अधक्षय एमालेका चिनियाँमान बज्राचार्यले १ हजार २७६ मत प्राप्त गरेका छन । यस अघि स्थानीय निर्वाचन २०७४ मा वडा अधक्ष्यमा विजय हासिल गरेका  बज्राचार्यले  यस पटक हार बेहोर्नु परेका छन । 

महिला सदस्यमा श्रृष्टी कंसाकर (तुलाधर)ले १ हजार ४९८ मत प्राप्त गरी बिजयी बनेकी छिन । पुुरुष सदस्यहरु दिनेश श्रेष्ठले १ हजार ४३५ मत पाएका छन भने अर्का दुुई रुख छाप भएका धर्म प्रजापतिले १ हजार २७६ मत प्राप्त गरी निर्वाचित भएका छन । 

मुख्य निर्वाचन अधिकृतको कार्यलय काठमाडौले औपचारिक घोषणा गर्न बाँकी  छ । 

Loading...