एमालेले निर्वाचनको अवमूल्यन गरेको र अन्तिम परिणाम कुर्ने धैर्यता नराखेको गगन थापाको आरोप

काठमाडौं । स्थानीय निर्वाचनमा धाँधली भएको भन्ने नेकपा (एमाले)को आरोपलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जवाफ फर्काएका छन् । कांग्रेस महामन्त्री थापाले एमालेको आरोपको जवाफ दिँदै यो अभिव्यक्ति सिंगो निर्वाचन पक्रियामाथिको अवमूल्यन भएको बताएका छन्।

‘मतदानसम्म ठीक, मतगणनाको प्रारम्भमा पनि ठीक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिंगो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।

एमालेले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाएको थियो।

Loading...