रेणु दाहाललाई उछिन्दै एमालेका सुवेदीको अग्रता बढ्यो

काठमाडौं । स्थानीय निर्वाचनको सबैभन्दा बढी चर्चामा पाएको मध्य एक महानगरपालिका भरतपुरको प्रतिस्पर्धा अझ रोचक बनेको छ । सुरुवातदेखि अग्रता कायम गर्दै आएकी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाललाई पछाडि पार्दै नेकपा (एमाले)का विजय सुवेदी अगाडि बढेका छन् ।

पछिल्लो परिणाम अनुसार भरतपुरमा एमालेका विजय सुवेदीले २ हजार ६९३ मत पाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले २ हजार ६७९ मत ल्याएकी छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदी र दाहालबीच १४ मतको अन्तर छ ।

त्यसैगरी भरतपुरमा निर्क चर्चा पाएका अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी २ हजार ९५३ मत ल्याएर अग्रता कायम गरेका छन् । राप्रपाका हिमला गुरुङले २ हजार १६२ मत ल्याएर अधिकारीलाई पछ्याइएरहेकी छिन् ।

 

Loading...