लकडाउनमा सरकारी गाडीबाटै तराईबाट काठमाडौंमा मान्छे ओसारिदै

    काठमाडौँ, २४ बैशाख । सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात तराइबाट राजधानीमा सरकारी गाडीले नै मान्छे ओसार्ने गरेकाे भेटिएकाे छ ।  तराईका विभिन्न जिल्लामा कोरोनाका संक्रमितहरु बढ्न थालेपछि रातारात ठूलो संख्यामा गाडीहरुमा मान्छेहरु राजधानी भित्रिने गरेको समाचार आइरहेकै बेला सरकारी गाडीले नै मान्छे ओसार्ने गरेको पनि खुलेको हो । यसैक्रममा बुधवार […]

नेपालमा भित्रिएको कोरोनामाथि वैज्ञानिकहरुले यसरी गर्दैछन् अनुसन्धान

काठमाडौं । ‘कोरोना संक्रमणबाट अरू देशमा मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा भने अहिलेसम्म सबैजसो संक्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान थालिएको हो।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गर्ने भएको छ। यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज (मंगलबार) जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरिसकेको छ। कोरोनाका विभिन्न जिन रहेकाले […]

कोरोना भाइरस चीनबाट फैलिएको कुनै प्रमाण नभएकाे अमेरिकी सेना प्रमुखकाे भनाइ

काठमाडौं, २४ बैशाख । आफ्ना राष्ट्रपति र विदेशमन्त्रीले कोरोना भाइरसबारे चीनलाई लगाइरहेको आरोपविपरीत अमेरिकाका सेना प्रमुखले यसबारे कुनै प्रमाण नभएको बताएका छन्। अमेरिकी सेनाका प्रमुख जनरल मार्क माइलेले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको भन्ने सबै आशंका र अनुमान गलत भएको बताएका हुन्। ‘कोरोनाभ भाइरस वुहानको प्रयोगशालाबाट उत्पादन गरिएको हो? अथवा जंगली जनावरको बजारबाट उत्पन्न भएको […]

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणमा उजुरी दर्ता

काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसन’ र पूर्व आइजिपी सर्वेन्द्र खनालबिरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विषयमा प्राप्त उजुरी दर्ता गरेको छ। सरकारी वकिल कार्यालयले अब काठमाडौँ प्रहरी परिसरलाई जाहेरी दर्ता गरि आवश्यक अनुसन्धान अगाडि बढाउन निर्देशन दिने छ। सरकारी वकिल कार्यालयले जाहेरी दरखास्तको […]

राहत वितरणका क्रममा झडप, ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ घाइते

लहान २२ वैशाख । सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । राहत वितरणका क्रममा भएकाे झडपमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् । तीन दिनदेखि वितरण गरिँदै आएको राहत वितरण भइरहेका बेला मिर्चैया नगरपालिका वडा नम्बर ७ मा सोमबार केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न […]

स्पीड बोटमा देशमा घुसपैठ गर्न खोज्ने ८ जना मारिएको भेनेजुएलाको दाबी

एजेन्सी । भेनेजुएला सरकारले आइतबार छिमेकी राष्ट्र कोलम्बियाबाट स्पीडबोटमा आफ्नो मुलुकमा हुन लागेको समुन्द्री घुसपैठको प्रयासलाई असफल पारेको बताएको छ। तर विपक्षी नेताहरूले भने यसलाई बनावटी घटना भन्दै खारेज गरेका छन्। राष्ट्रपति निकोलस मादुरोले बारम्बार राजनीतिक विरोधीहरूले आफूलाई वाशिङ्टनको आडमा सत्ताच्यूत गर्न लागेको आरोप लगाउने गरेका छन्। सत्तामा रहेको सोशलिस्ट पार्टीका आलोचकहरू भने ती आरोपहरू […]

नेपाली सेनाकाे भावी प्रधानसेनापति ठानिएका शर्माले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीका रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको छ । आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । मन्त्रिपरिषदको १४ वैशाखमा बसेको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मा हाल सम्भार रथीको भूमिका थिए भने अब बलाध्यक्षको जिम्मेवारी पाएका […]

२० दिनपछि देखिए किम जोङ उन

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्। नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख […]

नेकपा प्रतिवेदन: इन्डो-प्यासिफिककै रणनीति भएका कारण यथास्थितिमा एमसीसी गर्न नहुने

काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालले अमेरिकासँग गरेको मिलेनिमय च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता इन्डाेप्यासिफिककै अंग भएकाे निष्कर्ष निकालेकाे छ । इन्डाे प्यासिफिक सैन्य रणनीति भएकाे र त्यसकै एक अंग एमसीसी भएकाेले यसलाइ यही अवस्थामा नेपालमा लागु गर्न नहुने सुझाब पनि नेकपाकाे कार्यदलले दिएकाे प्रतिवेदनमा उल्लेख छ ।  नेकपाले यसअघि एमसीसीबारे […]

ऋणिहरुलाई २ प्रतिशत ब्याज छुट दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

nepal-rastra-bank

काठमाडौं । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो । बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले […]