न्युयोर्क, २७ पुस । इतिहासमा पहिलो पटक अभियोजक एल्भिन ब्रागले अमेरिकी राष्ट्रपतिलाई सजाय दिने उपलब्धि हासिल गरेकी छिन् ।
अभियोजक सरकारी वकिल हुन्, जसले सरकारको तर्फबाट मुद्दा पेश गरेकी थिइन् । र, उनी त्यसका लागि लामो समय देखी लडेकी पनि थिइन् । संदिग्ध अपराधी (जो यस मामलामा ट्रम्प थिए) विरुद्ध अभियोग लगाउने जिम्मेवारी अभियोजकको हो।
मुद्दा अदालतमा पुगेपछि अभियोजनकर्ताले आरोपको पक्षमा बहस गरेर अपराध भएको प्रमाणित गर्नु पर्ने हुन्छ ।
न्यूयोर्क टाइम्सका अनुसार यस केसका कारण सरकारी वकिलको रूपमा एल्विन ब्रागको विश्वसनीयता खतरामा परेको थियो, कतिपयले यसलाई जोम्बी अर्थात् मृत केसका रूपमा लिएका पनि थिए । तर, मुद्दालाई निष्कर्षमा पुर्याएर एल्विनले अमेरिकी इतिहासमा आफ्नो नाम दर्ता गराएकी छिन । उनी पहिलो अभियोजक हुन्, जसको तर्कले एक अमेरिकी राष्ट्रपतिलाई दोषी प्रमाणित मात्र भएनन, उनलाई सजाय पनि भयो।‘मैले भर्खरै मेरो काम पुरा गरे,’ ब्रागले सुनुवाई पछि भनिन ।
खासमा यो मुद्दा के हो त ?
ट्रम्पले पोर्नस्टारलाई पैसा दिएर चुप लगाउने बिषय सन २००६ देखी जोडिएको छ । जतिबेला डोनाल्ड ट्रम्प घरजग्गा व्यवसायी थिए । पोर्न स्टार स्टर्मी डेनियल त्यतिबेला २७ वर्षको मात्र थिइन भने ट्रम्प ६० वर्षका थिए । जुलाई २००६ मा एक गल्फ टूर्नामेंट को समयमा दुईबिचमा भेट भएको थियो ।
तर, स्टर्मीले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’ मा यो भेटको प्रसङ्ग उल्लेख गरेकी छिन्। उनले ट्रम्पलाई भेट्दा उनकी तेस्रो श्रीमती मेलानियाले छोरा ब्यारोनलाई भर्खरै मात्र जन्म दिएकी थिइन् । ब्यारोनको जन्म भएको ४ महिना मात्रै थियो ।
पुस्तकमा स्टर्मीले भनेकी छिन् कि, ट्रम्पका अंगरक्षकहरूले उनलाई नयाँ पेन्टहाउसमा डिनरको लागि आमन्त्रित गरेका थिए। पुस्तकमा उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध र आफ्नो शारीरिक रूप पनि उल्लेख गरेका छन् । त्यसपछि यी दुईबीच अफेयर सुरु भएको थियो ।
तर, ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि उनलाइ चुप लागेर बस्न स्टर्मीलाई पैसा दिएका आरोप पछि लगाइएको थियो । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गरेका थिए ।
ट्रम्पले पोर्न स्टारलाई दिएको भुक्तानीको समाचार जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले खुलासा गरेको थियो । यसै आधारमा ट्रम्पविरुद्ध फौजदारी मुद्दा दायर गर्ने निर्णय भएको थियो । अन्ततः आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति मात्रै भएनन, अपराधीको पहिचान बोकेर उनी २० जनवरीमा पद तथा गोपनियताको सपथ लिदैँछन् । अमेरिकाको इतिहासमा यो पहिलो घटना हो ।