सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नगर नेतृत्व चयनका लागि सिन्धुपाल्चोकमा मतदान भएको छ । जिल्लाको बलेफी गाउँपालिकाको तेस्रो सम्मेलनमा मतदानबाट नेतृत्व निर्वाचित गरिएको हो ।
सहमति नजुट्दा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवमा मतदान गर्नु परेको थियो ।
अधिवेशनले मतदान बाट अध्यक्षमा कालिप्रसाद लामा, उपाध्यक्षमा रेशम कार्की, कोषाध्यक्षमा यशोदा पौडेल र सहसचिवमा जयराम कार्कीलाई निर्वाचित गरेको छ ।
उपाध्यक्ष समावेशी गणेश बहादुर विक, उपाध्यक्ष महिला देवकि पौडेल र सचिव नारायण पराजुली भने निर्विरोध निर्वाचित भएका छन् । ४१ सदस्यीय कार्यसमितिमा अन्य पदहरु पनि सर्वसम्मत चयन गरिएका बताइएको छ ।
मतदान प्रक्रियाबाट पार्टीको बागमती प्रदेश अध्यक्ष भएका प्रदेश सभा सदस्य एवं सिन्धुपाल्चोकका नेता सरल सहयात्री पौडेल सहमति नजुट्दा नेतृत्व चयनमा मतदान उत्तम बिकल्प भएको बताउँछन् ।
अन्य दलमा मतदान सामान्य बनिसकेको भएपनि माओवादी केन्द्रको लागि भने यो अभ्यासकै क्रम्मा रहेको प्रदेश सभा सदस्य समेत रहेकी केन्द्रीय सदस्य अमृता नेपालले प्रतिक्रिया दिएकी छन् ।