विश्व बैंकबाट ५४ अर्ब ऋण लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकको ५४ अर्ब रुपैयाँ बराबरकाे ऋण लिने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को बैठकले विश्वबैंकबाट प्रस्तावित ३०० मिलियन अमेरिकी डलर र स्केल अफ फेसिलिटीअन्तर्गत १५० मिलियन अमेरिकी डलर गरी कूल ४५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हाे । विश्व बैंकबाट लिइएकाे याे ऋण सहयोग नेपालकाे रणनीतिक सडक सञ्जाल […]

सदस्य मोहना अन्सारीको ट्वीटप्रति मानव अधिकार आयोगका अध्यक्षको आपत्ती

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सदस्य मोहना अन्सारीले समाजवादी दलकी नेतृ सरिता गिरीलाई कारबाही गर्ने पार्टीको निर्णयबारे सामाजिक संजाल ट्विटरमा गरेको टिप्पणीमाथि खेद व्यक्त गरेका छन् । गिरीलाई विषयमा अन्सारीले सामाजिक संजालमा लेखेको विषयले आयोगको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष अनुपराज शर्माले विज्ञप्ति जारी गरेका हुन् । बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले […]

भारतीय मिडियाले पीत पत्रकारिताको निकृष्ठ नमूना देखाए: पत्रकार महासंघ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार पीत पत्रकारिताको नमुना भएको महासंघले टिप्पणी गरेको छ । महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी […]

भारतीय न्यूज च्यानलहरु नेपालमा प्रशारणमा रोक

काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् […]

सार्वजनिक यातायात खुल्ला, सरकारले नै बढायो ५० प्रतिशत भाडा

काठमाडौँ, २५ असार । लकडाउनकाे करिव ४ महिना पुग्नै लाग्दा सरकारले राजधानीका तीन जिल्लासहित केही अन्य जिल्लामा सार्वजनिक यातायात सञ्चालन गराउने निर्णय गरेकाे छ । तर यात्रुहरुबाट चर्काे भाडा असुल्ने गरेकाे भनेर अालाेचना हुने यातायात व्यवसायीलाइ यात्रुहरुबाट ५० प्रतिशत बढी भाडा उठाउन अनुमति दिएकाे छ । यसले यातायात व्यवसायीकाे मनपरि झन बढ्ने देखिएकाे छ । […]

सीमास्तम्भ नम्बर २०७ ढलेको अवस्थमा फेला

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नम्बर २०७ ढलेको अवस्थमा फेला परेको छ । ‘सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ’, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने ‘जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको छ ।’ बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ […]

सरकारसँग १२ बुँदै सहमति गरेर अनसन तोडे इनफ इज इनफका अनसनकारीले

काठमाडौँ । कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबिच सहमति भएको छ । स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबिच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् । सत्याग्रही युवा र […]

कांग्रेस महाधिवेशन फागुनमै हुने, कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका […]

विद्यालयबाट फर्कदै गरेका शिक्षकलाई गोली हानी हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ, २२ असार । ११ वर्षअघि एक शिक्षकलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिकामा शिक्षकलाई एक समूहले गोली हानेर हत्या गरेको थिया े। सोही समूह मध्येका एक ४४ वर्षीय नन्दु बैठा ११ वर्षपछि पक्राउ परेका हुन् । गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार […]

मास्क नलगाएर हिड्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारको निर्देशन, एकै जिल्लामा १०२ पक्राउ

काठमाडौँ, २२ असार । मास्क नलगाएर घर बाहिर निस्कनेलाई पक्राउ गर्न सरकारले प्रहरीलाइ परिपत्र गरेको छ । प्रहरीलाइ गृहमन्त्रालयले यस्तो परिपत्र पठाएको हो । परिपत्रमा मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न भनिएको छ । यस्तो पत्र देशभर लागु हुने जनाउँदै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र पठाएको […]