काठमाडौँ । विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचना खारेज गर्ने सरकारको निर्णयविरूद्ध विभिन्न आठ विद्यार्थी संगठन सर्वोच्च अदालत पुगेका छन्। एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी लगायत संगठनहरूले अध्यादेशबाट गरिएको स्ववियु खारेजीविरूद्ध शुक्रबार रिट दायर गरेका हुन्। सर्वोच्चले यो रिट दर्ता गरिसकेको छ। यसको सुनुवाइका लागि २८ गते पेसी तोकिएको छ। उक्त रिटमा विद्यार्थी […]
मुख्य समाचार
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । संवैधानिक परिषद्मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताएका हुन् । उनले भने, ‘संवैधानिक […]
यो वर्षको मनसुनमा खडेरीको संकेत : देशभर वर्षा कम, गर्मी बढी हुने आँकलन
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने र गर्मी बढ्ने आँकलन गरेको छ। विभागले जेठ १८ देखि असोज १४ सम्मको मनसुन अवधिको जलवायु पूर्वानुमान सार्वजनिक गर्दै पानी कम पर्ने तथा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने जनाएको हो। वर्षाको आँकलनअनुसार कर्णाली प्रदेशको दक्षिणी भूभाग, […]
सर्ट लिष्टमा पर्ने उपकुलपति उम्मेदवारबारे सार्वजनिक सुझाव मागिने
काठमाडौँ । सरकारले विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सार्वजनिक गरेको छ। यससँगै त्रिविसहित ८ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया सुरू भएको छ। जसका लागि आवेदन माग गर्दै आज गोरखा पत्रमा सूचनासमेत प्रकाशन गरिएको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्थासहित […]
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त
काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने ।’ पदमुक्त भएकाहरु कोको हुन् भन्नेबारे पनि उनले खुलाएनन् । बैठकले आगामी २८ गते […]
संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
काठमाडौँ । प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्। रिट दर्ता भइसकेको छैन। प्रधानन्यायाधीशमा चौथो नम्बरको न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरिनु संविधानको शक्तिपृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दाबी सहित निर्णय खारेज गर्न […]
विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको ‘पार्टी-सांसद-सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ। […]
सरकारले न्यायालयलाई आफ्नो प्रभावमा राख्न खोजेको स्पष्ट सन्देश दिएको छ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले न्यायालयलाई स्वतन्त्र संस्थाभन्दा आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘आव्हान भइसकेको संसद् स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक परिषद्को बैठक बसेर निर्णय गरिनु केवल प्रक्रियागत विषय होइन, यसको नियतमाथि नै प्रश्न उठेको थियो । त्यसको […]
भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय
काठमाडौं । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ। यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ। ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, जबकि वेई फेङ्गे […]
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।










