बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहर फ्याक्न रोकियो, बैज्ञानिक पद्दति युक्त तरिका बात फोहर ब्यबस्थापन गरौ भनेका हौ: स्थानीय

जेष्ठ १३,काठमाडौँ  ।  उपत्यकाको फोहर व्यवस्थापन शुरु गरिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट आजबाट रोकिएको छ । स्थानीय सरकारले केहिदिन देखि प्रहरी प्रशासन प्रयोग गरेर  बन्चरेडाडामा फोहर व्यवस्थापन गर्दै आएको थियो । स्थानीयले चासिले बाटो समयमा बन्नु पर्ने पुरानै मागलाइ दोहर्याउअदै  सो ल्याण्डफिल्ड साईटमा धर्ना दिदैं आएका थिए । स्थानीयको माग सम्वोधन गर्ने तर्फ सरकारले कुनै चासो […]

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले गरेका सबै निर्णय सर्वच्चद्वारा बदर

काठमाडौँ, १२ जेठ ।   बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वच्च अदालतले बदर गरिदिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै आज बिहिबार सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा […]

भक्तपुरका नगरवासीलाई मेयर प्रजापतिको पहिलो उपहार : मेलम्चीको पानी वितरण सुरुवात

भक्तपुर, १२ जेठ ।   भक्तपुरका नगरवासीले दोश्रो पटक पनि चुनेका सुनिल प्रजापतिले दोश्रो कार्यकालको पहिलो उपहार मेलम्ची खानेपानी वितरणबाट  सुरुवात गरेका छन्  । भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्रहिमालय श्रेष्ठले आज बिहीबार दिउँसो १२ बजेको शुभ साइतमा संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । […]

काठमाडौँ महानगर १५ मा एकीकृत समाजवादीको पुरै प्यान विजयी

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका वडा नं १५ मा नेकपा ( एकीकृत समाजवादी) को पुरै प्यान विजयी भएका छन् ।   नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार ईश्वरमान डङ्गोल  तीन हजार ४७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ यसअघि काठमाडौँ महानगरपालिकाका प्रवक्ता हुनुहुन्थ्यो । अघिल्लो २०७४ स्थानीय निर्वाचनमा नेलापा एमालेबाट वडा अधक्ष्यमा निर्वाचित भएका थिए […]

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु

गोरखा, १२ जेठ  । गोरखा र धादिङको सिमाना भएर बग्ने  बुढीगण्डकी खोलामा ड्याम  निर्माण गरि  जलविद्युत् आयोजना बिस्तार गर्दा  डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ । आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले प्रभावितको खातामा रकम निकासा गरेको हो । आयोजनाको मुआब्जा, वातावरण तथा पुनःस्थापना इकाई प्रमुख जगतकुमार श्रेष्ठले पहिलो चरणमा […]

सडक स्तरोन्नतिसँगै यात्रुलाई सास्ती जिम्मेवार को ?”

भर्खर स्थानीय निर्बाचन समाप्ति सँगै देशमा महँगी आकासिएको छ।पेट्रोलियम पदार्थको मूल्य बृद्धिले आम मानिसलाई अब जिबिका चलाउन अझ मुश्किल पर्ने देखिन्छ।यही भनी रहदा अहिले पर्बत कुस्मा नगरपालिका अन्तर्गत सड़क बिस्तार सकि सकेको छ।तर यात्रुहरुलाई सड़क बिस्तारले झन समस्या उत्पन्न गराएको छ।स्थानीय तहले बाटो चकलाउने ,नाली बनाउने,बिधुतका पोल लगाउने गरे पनि यो अहिले बनाए अनुसार कार्यान्वयन […]

भरतपुरमा दाहाल र ललितपुरमा महर्जन दोहोरिए, वीरगन्जमा पनि गठबन्धनका सिंह विजयी

देशको ६ महानगरपालिका मध्ये थप चार महानगरपालिकाका अन्तिम परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार भरतपुर, वीरगन्ज र ललितपुर र पोखरा महानगरपालिको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो भने यसअघि नै विराटनगरको नतिजा आइसकेको छ भने काठमाडौं महानगरमा मतगणना जारी छ । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरमा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट […]

मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

हेटाैंडा । हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर स्पिडका कारण […]

पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फेदीमा अस्वस्थ महसुस गर्नुभएर बेहोस हुनुभएका घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसँगै दर्शनका लागि आएका घिमिरेलाई उनकै गृहजिल्ला पठाइसकिएको पाथीभरा […]

सशस्त्रका पौडेल एआइजीमा पदोन्नति

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई शुक्रबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहकाबिच उनलाई आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरे। समारोहमा महानिरीक्षक अर्यालले आफ्नो […]