जेठ १५, काठमाण्डौ – पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले जानकारी दिनुभयो । ’बिहान ९ […]
मुख्य समाचार
आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
काठमाडौँ – गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ साल जेठ ८ गते विघटन […]
ओलीलाई देउवाको जवाफः लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने सरकारलाई राम्रो थाहा छ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकारको धारणा के हो ? भनी प्रश्न गरेका थिए । शनिबार […]
हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण
काठमाडौं । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड […]
घाटामा १९ सरकारी संस्थान, २२ संस्थानले कमाए नाफा
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये १९ नोक्सानीमा गएका छन् । २२ वटा संस्थानले मात्रै नाफा कमाएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ । सर्वेक्षणअनुसार नाफामा सञ्चालन भएका संस्थानहरूबाट आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । आर्थिक वर्ष २०७६/७७ को लाभांश १४ […]
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट नीति […]
प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा देशमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ मात्रै थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्रत्यक्ष […]
नेपालीको प्रतिव्यक्ति आम्दानी १,३८१ डलर, ऋण ६३ हजार ३१० रुपैयाँ
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । हरेक नेपालीको भागमा ऋण भने ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ । यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ […]
एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई दुवैपटक माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री भएको दाबी गर्दै एक्लै चुनाव जितेर फेरि एमालेको प्रधानमन्त्री बनेर […]
स्थानीय निकाय निर्वाचन २०७९: दृष्य-अदृष्य केही पाटाहरू
स्थानीय निकाय २०७९ को चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भयो । परिणाम पनि करिव करिब हात लागि नै सक्यो । बिगतमा पहिलो स्थान ओगटेको एमाले यो पटक दोश्रो भयो भने दोश्रो स्थानको काँग्रेस पहिलो भयो । माओबादी केन्द्रले भने आफ्नो स्थान कसैलाई छोड्न चाहेन । अर्थात् बिगतमा झैं यो पटक पनि माओबादी तेश्रो स्थान मै किल्ला […]











