ओलीलाई देउवाको जवाफः लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने सरकारलाई राम्रो थाहा छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकारको धारणा के हो ? भनी प्रश्न गरेका थिए ।

शनिबार जवाफ दिँदै देउवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालपानी नेपालको भूमि नेपालको हो भन्नेमा नेपाल सरकार प्रष्ट छ ।’ प्रधानमन्त्री देउवाले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको पनि बताए ।

Loading...