काठमाडौं। पशुपतिको धर्मशालामा होटल चलाउन बतास समूलाई कानुनी बाटो बन्द भएको छ। बतास समूहले सञ्चालित गरेको होटल आनन्द प्रालिलाई सञ्चालन गर्न कुनै अवरोध नगर्न यसअघि जारी अन्तरकालीन आदेश काठमाडौँ जिल्ला अदालतले खारेज गरेको हो। अन्तरकालीन आदेश खारेज भएसँगै होटल सञ्चालनको कानुनी बाटो बन्द भएको हो। न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले करार नै बदर भइसकेको अवस्थामा […]
मुख्य समाचार
विद्युत प्राधिकरणलाई तार काटेकोमा आइस्पानले दियो यस्तो चेतावनी
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पोलभाडाको निहुँमा विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकहरुका डेटा सेन्टर, पीओपीमा प्रयोग भइरहेको विद्युत लाइन काटेको भन्दै जुनसुकै बेला इन्टरनेट सेवा अबरुद्ध हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दिएको छ। इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाइन काटिएको भन्दै आइस्पानले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको जनाएको छ। यता […]
पोखरा महानगरमा आज कार्यपालिका चुनावः फ्लोस क्रसको डरले कांग्रेसका जनप्रतिनिधि होटलमा, एमालेका रिसोर्टमा
काठमाडौँ– पोखरा महानगरको कार्यपालिकाले आज पूर्णता पाउँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ। संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन्। ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्य समुदायबाट सदस्यका रुपमा निर्वाचित हुन् । उनीहरुलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरुले मतदान गर्नेछन्। ३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा […]
१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटका यस्ता छन् प्राथमिकता
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ […]
के केमा बढ्यो, के केमा घट्यो कर ? हेर्नुहोस पूर्णपाठ
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेस गरेसँगै आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक भएको हो । आगामी आर्थिक वर्षको नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ । सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य उत्पादनमा स्वास्थ्य जोखिम कर बढाएको हो […]
बजेटमा समेटिएका कर्णालीका योजनाहरु
सुर्खेत । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा कर्णालीका थुप्रै योजनाहरु समेटिएका छन् । यद्यपि योजनाका लागि बजेट भने उल्लेख गरिएको छैन् । कतिपय अघिल्लो आर्थिक वर्षका योजनाहरु समेटिएका छन् भने केही नयाँ योजनाहरु पनि समेटिएको छन् । विशेषगरी कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख […]
पोखराबाट जोमसोम उडेको तारा एयर को विमान मुस्ताङमा दुर्घटना ,विमानमा चालक दलका ३ र १९ यात्रु सवार रहेको खुलासा
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान मुस्ताङमा दुर्घटना भएको छ। पोखरा बाट जोमसोम उडेको विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान […]
पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन
जेठ १५, काठमाण्डौ – पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले जानकारी दिनुभयो । ’बिहान ९ […]
आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
काठमाडौँ – गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ साल जेठ ८ गते विघटन […]
ओलीलाई देउवाको जवाफः लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने सरकारलाई राम्रो थाहा छ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकारको धारणा के हो ? भनी प्रश्न गरेका थिए । शनिबार […]









