पोखरा महानगरमा आज कार्यपालिका चुनावः फ्लोस क्रसको डरले कांग्रेसका जनप्रतिनिधि होटलमा, एमालेका रिसोर्टमा

काठमाडौँ– पोखरा महानगरको कार्यपालिकाले आज पूर्णता पाउँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ। संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन्।

५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्य समुदायबाट सदस्यका रुपमा निर्वाचित हुन् । उनीहरुलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरुले मतदान गर्नेछन्।

३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा एमालेको एकल बहुमत छ। १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयरसहित ८७ सदस्य छन् ।
मेयरसहित गठबन्धनका ८१ जना मतदाता छन्। तर, दुवै पार्टीलाई आफ्ना जनप्रतिनिधिप्रति विश्वास छैन।

उनीहरुले आफ्ना कार्यकर्तालाई रिसोर्टमा लगेर राखेका छन्। निर्वाचनको अघिल्लो दिन एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका ८६ जनालाई नौडाँडामा रहेको हिमालयन देउराली रिसोर्टमा राखेको छ भने कांग्रेसले ८१ जनालाई लेकसाइडको होटल कान्तिपुरमा राखेको छ।

एमालेले सोमबार देखि नै आफ्ना जनप्रतिनिधिलाई रिसोर्टमा राखेको हो। कांग्रेसले पनि मंगलबार होटलमा पु¥याएको छ।

सबै मत खसे ८४ मत ल्याउनेले चुनाव जित्नेछ भने एमालेलाई आफ्नो मत सुरक्षित गरे पुग्छ भने गठबन्धनलाई आफ्नो सुरक्षित गर्दै ३ मत क्रस गराउनुपर्छ। कार्यपालिकामा यसअघि नै गठबन्धनको बहुमत पुगिसकेको छ। बाहिरबाट थपिने ३ जना गठबन्धनले ल्याए र एमालेले जिल्ला समन्वय समितिमा पठाउने जनप्रतिनिधि घटे नगरसभामा समेत गठबन्धनले बहुमत पु¥याउन सक्छ।

Loading...