संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि आज पनि प्रतिनिधि सभामा छलफल हुँदै

काठमाडौँ–सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि आज पनि प्रतिनिधि सभामा छलफल हुँदैछ। मंगलबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम आज पनि जारी रहने छ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ।

मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको बचाउ गर्दा प्रतिपक्ष नेकपा एमाले सांसदहरुले भने चुनाव लक्षित, प्रचारमुखी र स्रोतको व्यवस्थापन नभएको भन्दै बजेटको आलोचना गरेका थिए।

 

Loading...