आयोगद्वारा चिकित्सा शिक्षामा शुल्क वृद्धि

जेठ १८, काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ ।

आयोगको हिजो बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।

आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेका अनुसार चार वर्षदेखि शुल्क नबढेको र आउँदो शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुुल्कमा रकम वृद्धि हुनेछ । विश्वविद्यालय तथा कलेजले कम्तीमा १० प्रतिशत शुल्क वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए ।

अब एमबीबीएस, बीडीएस, बीएनएसलगायतका चिकित्सा शिक्षाका स्नातक तहमा नयाँ भर्नाका विद्यार्थीले नयाँ भर्ना शुुल्क तिर्नुपर्नेछ ।

Loading...