पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन

जेठ १५, काठमाण्डौ – पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले जानकारी दिनुभयो ।

’बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान अझै सम्पर्कमा आएको छैन, उडेको आधा घण्टामा पुगिसक्नु पर्ने हो । तर, विमान सम्पर्कमा आएको छैन’ उहाँले भन्नुभयो । उहाँका अनुसार विमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु छन् ।

विमानका क्याप्टेन प्रभाकर घिमिरे रहेका पनि गड्तौलाले जानकारी दिनुभयो ।

Loading...