पोखराबाट जोमसोम उडेको तारा एयर को विमान मुस्ताङमा दुर्घटना ,विमानमा चालक दलका ३ र १९ यात्रु सवार रहेको खुलासा

काठमाडौं  पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT)  कल साइनको ट्विनअटर विमान मुस्ताङमा दुर्घटना भएको छ।

पोखरा बाट जोमसोम उडेको विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना  सवार विमान लेतेडांडामा  ठोक्किएर दुर्घटना भएको हो। 

पोखरा बिमानस्थलका अनुसार आइतबार बिहान ९ः५५ बजे उडेको जहाज  सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको बताइएको  छ। 

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। 

विमान प्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापाका साथ यात्रुहरु  विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

 

Loading...