के केमा बढ्यो, के केमा घट्यो कर ? हेर्नुहोस पूर्णपाठ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेस गरेसँगै आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक भएको हो । आगामी आर्थिक वर्षको नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ । सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य उत्पादनमा स्वास्थ्य जोखिम कर बढाएको हो ।

यसैगरी, उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिइएको छ भने क्यासिनोले तिर्नुपर्ने रोयल्टी समेत बढेको छ । अब क्यासिनोले वार्षिक ५ करोड कर बुझाउनुपर्ने छ भने आधुनिक मेसिनबाट खेलाइने खेलका लागि वार्षिक १ करोड रुपैयाँ कर बुझाउनुपर्ने छ ।

Loading...