काठमाडौ । स्पेस फोर के टेलिभिजनले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । टेलिभिजनको मानव स्रोत संशाधन विभागले करिव २०० जना कर्मचारीहरुका लागि विज्ञापन आह्वान गरेको हो । काठमाडौंको मध्यबानेश्वरमा स्थापना गरिएको स्पेस फोरके टेलिभिजनले देशभर सबै जिल्लाका लागि रिपोर्टर, क्यामेरा पर्सन, कार्यक्रम उत्पादक, ग्राफिक्स तथा भिडियो एडिटर, समाचार तथा कार्यक्रम प्रस्तोता, चालकसहित थुप्रै पदका […]
मुख्य समाचार
हाम्रो पात्रोबाट एक महिनामै १० करोड बढिको रेमिट्यान्स भित्रियो
काठमाडौं । नेपालमा लोकप्रिय एप हाम्रो पात्रोबाट एक महिनामै १० करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्रै यो सुविधा प्रयोगकर्तामाझ सुचारु गरेको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्रै १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ। […]
तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ। सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी थिए […]
पाँच डीआईजी एआईजीमा बढुवा
काठमाडौं । सरकारले पाँचजना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भए छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो । […]
आइतबारको बिदा हटाउने सरकारको निर्णय
काठमाडौं । सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ । यसअघि वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै सातामा शनिबार […]
श्रीलङ्काली अदालतद्वारा रूसी जेटलाई उडान अनुमति
काठमाडौँ । श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेश खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्नेभएको छ । श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश जारी गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने […]
अषार १ गतेबाट मतदाता नामावली दर्ता , गृह जिल्लाबाहिर रहेकाले यसरी गर्न सकिने छ दर्ता
काठमाडौँ । निर्वाचन आयोगले अषार १ गतेबाट मतदाता नामावली दर्ता सुरु गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने तयारी गरेको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार असार १ बाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको र जिल्लाबाहिर बसाइँ रहे पनि […]
विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणका लागि गरिएका राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्तो बताउनुभएको हो । नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको, पानीका मूलहरू सुक्दै गईरहेको र नदी तथा […]
सिंगल इन्जिन हेलिकप्टरमा दुई पाइलट राख्न सम्भव नहुने
काठमाडौं । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक […]
अदालतमा पनि हार्यो बतास, पशुपति धर्मशालामा होटल चलाउने बाटो बन्द
काठमाडौं। पशुपतिको धर्मशालामा होटल चलाउन बतास समूलाई कानुनी बाटो बन्द भएको छ। बतास समूहले सञ्चालित गरेको होटल आनन्द प्रालिलाई सञ्चालन गर्न कुनै अवरोध नगर्न यसअघि जारी अन्तरकालीन आदेश काठमाडौँ जिल्ला अदालतले खारेज गरेको हो। अन्तरकालीन आदेश खारेज भएसँगै होटल सञ्चालनको कानुनी बाटो बन्द भएको हो। न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले करार नै बदर भइसकेको अवस्थामा […]











