अषार १ गतेबाट मतदाता नामावली दर्ता , गृह जिल्लाबाहिर रहेकाले यसरी गर्न सकिने छ दर्ता

काठमाडौँ  ।   निर्वाचन आयोगले अषार १ गतेबाट मतदाता नामावली दर्ता सुरु गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने तयारी गरेको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार असार  १ बाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको र  जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी अगाडी बढेको छ गर्दै छ ।

आयोगले आफ्नो गृह जिल्ला बाहिर रहेका  अस्थायी रूपमा आफू बस्दै नयाँ मतदाताको लागि अस्थाई बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने समेत ब्यबस्था गरेको छ ।   

आयोगका अनुसार उसले सङ्कलन गर्ने मतदाता नामावलीमा नाम दर्ता गराउनैका लागि मतदाताहरू आआफ्नो जिल्ला नै जानुपर्ने झन्झट अब हट्ने भएको छ । यसअघि मतदान गर्नका लागि मात्रै नभई मतदाता नामावलीमा दर्ता हुनका लागि पनि मतदाताहरू साबिककै जिल्ला धाउनुपर्ने बाध्यता थियो ।

यसरी दर्ता गरिएको नामावलीलाई भने आयोगले आफ्नो प्रणालीमार्फत सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेकै जिल्लामा पठाउने अर्यालको भनाइ छ । 

उनकाअनुसार कात्तिक अन्तिमदेखि मंसिर पहिलो साताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी आन्तरिक तयारी भइरहेको छ । आयोगले सरकारबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मिति तोकिएपछि भने नामावलीमा नाम दर्ता गर्नेछैन । नामावली दर्ता रोकिएपछि आयोगले नयाँ दर्ता भएका नामउपर छानबिन गर्नेसहितका कार्यक्रम तय गर्नेछ ।

आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ । आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो ।

यसअघि आयोगले जिल्ला प्रशासन कार्यालयबाट र तोकिएका इलाका प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता गर्दै आएकोमा सोबारेमा भने कसरी जाने निर्णय गरिसकेको भने छैन ।

Loading...