यसपालि मनसुनमा अधिक बर्षा हुने, बाढी पहिरोको जोखिम उच्च, बाढीबारेको सूचना आजैदेखि सार्वजनिक

काठमाण्डाै ।  यसपालि मनसुनमा अधिक बर्षा हुने, बाढी पहिरोको जोखिम उच्च रहने देखिएको छ ।  मनसुन सुरु हुनु अगाडिनै  धेरै वर्षा भएको र मनसुनमा औशत भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको मौसम विभागले जनाएको छ । मौसमविद् निराजन सापकोटाका अनिसार यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने छ ।

यसै गरि अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ । सम्भावित बाढी पहिरो बात हुनसक्ने क्षति रोक्न आजैदेखि सूचना सार्वजनिक गरिने महाशाखाले जनाएको छ । मौसंबिभागले बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिन र खोला, नदी आसपासमा बसोबास गर्नेलाई सतर्कता अपनाउन समेत  आग्रह छ । 
 

 

 

 

 

Loading...