काठमाडौं महानगरपालिकाले आज सोमबारबाट कल सेन्टर चलाउने, समस्या गुनासो र सुझाव‘टोल फ्री’ नम्बर बात दिन मिल्ने

जेठ २३ , काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सोमबारबाट कल सेन्टर चलाउने भएको छ । महानगरपालिकाको मेयर बालेन्द्र साह(बालेन)ले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय अनुसार आजबाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।

महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित  कल सेन्टर चलाउने तयारी रहेको छ ।कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० विभिन्न युनिटहरुमा पठाइने छ  । कल सेन्टर बात आयका गुनासाहरु   प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहरु  फरवार्ड हुने ब्यबस्था मिलाइएको छ ।

 टोल फ्री नम्बर आजै  राख्ने तयारी रहेको महानगरमा ११८० नम्बरको कल सेन्टर हुने सम्भावना रहेको छ ।

Loading...