जीवनराम श्रेष्ठले पर्यटन मन्त्रालय सम्हाल्दै

 काठमाडौँ –    नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पर्यटन मन्त्रालय सम्हाल्ने भएका छन्। नेकपा एकीकृत समाजवादीको आइतवार बसेको सचिवालय बैठकले पाँच मन्त्रीलाई फिर्ता बोलाए पछी नयाँ मन्त्री हुने सुचिमा जिवनम राम श्रेष्ठ नाम सिफारिस भएको  हो। यस अघि  समाजवादीले नयाँ मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ सिफारिस गरि सकेको छ। 

यसै गरि एकीकृत समाजवादीले  मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ।

एमाले विभाजन हुँदा माधव नेपालसँगै नयाँ पार्टीतिर लागेका उनी संघीय संसदमा प्रमुख सचेतको भूमिकामा छन्। उनी यसअघि राष्ट्रिय खेलकुद परिषद्का १२ औँ र १६ औँ सदस्यसचिव भएका थिए। 

 

 

Loading...