यस्तो छ दशैंमा लगाइने टीकाको महत्व

Tika

काठमाडौं । विजयादशमीका दिन मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा प्राचीन कालदेखि निरन्तर चल्दै आएको छ। देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा दशैं मनाइँदै आएको र सोही दिन देवीको प्रसादस्वरूप दही, चामल र अबिर मिसाएर टीका लगाउने चलन सुरु भएको विश्वास गरिन्छ। धार्मिक विश्वासअनुसार टीका र जमरा आशीर्वाद, विजय, समृद्धि र एकताको […]

आज पापङ्कुश एकादशी, पाप नाश र मोक्ष प्रदान गर्ने दिन

काठमाडौं । आज असोज १७ गते शुक्रबार (विजयादशमीको भोलिपल्ट) पापङ्कुश एकादशी पर्व परेको छ । बिष्णुभक्तहरुले श्रद्धा र भक्तिपूर्वक यो पर्व मनाउदैछन । आश्विन शुक्ल पक्षको एकादशीका दिन पर्ने यस व्रतलाई भगवान विष्णुको आराधना गरेर पाप नाश गर्ने महान् अवसरका रूपमा लिइन्छ। पद्मपुराणलगायत धर्मग्रन्थमा उल्लेख भएअनुसार पापङ्कुश एकादशीमा उपवास गरी भगवान विष्णुको नामस्मरण गर्नेले जन्मजन्मान्तरका […]

चारदिनसम्म भारी वर्षाको सम्भावना

Barsa

काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणालीको प्रभावले नेपालमा असोज आजदेखि २० गतेसम्म जलवायुजन्य प्रभाव बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मनसुन सक्रिय रहँदै ठूलो पानी पर्ने सम्भावना छ। विभागले नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक […]

दण्डहीनता प्रोत्साहन गर्ने र प्रतिशोध साध्ने काम तत्काल रोक्न कांग्रेसको चेतावनी

ललितपुर । नेपाली कांग्रेसले सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र प्रतिशोधको राजनीति रोक्न ध्यानाकर्षण गराएको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा गृह मन्त्रालयले २०८२ असोज ९ गते सार्वजनिक गरेको विज्ञप्ति र त्यसकै आधारमा जारी परिपत्र संविधानवाद, कानूनी राज्य र विधिको शासनविरुद्ध भएको आरोप लगाइएको छ। उनले यो कदमले पीडितलाई आतंकित बनाउने र […]

बढी भाडा असुले तत्काल कारबाही गर्छौं: यातायातमन्त्री घिसिङ

काठमाडौं। यातायातमन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता […]

बाहिरिने बेला सक्रिय हुँदै मनसुन, दशैको दिन पनि पानी, १७ असोजदेखि भारी वर्षाको प्रक्षेपण

काठमाडौँ । दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्‍याउने सम्भावना छ । मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति […]

कानुन विपरीतका सबै सुविधा फिर्ता गराउन संसद्लाई सरकारको पत्र

काठमाडौं । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ । यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त […]

देशभर मनसुनी र स्थानीय वायूको प्रभाव, कहाँ-कहाँ वर्षाको सम्भावना ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ। महाशाखाले सोमबार बिहान जारी गरेको आगामी २४ घण्टाको मौसमसम्बन्धी बुलेटिनका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी […]

शेरबहादुरका साला र आरजुका भाइ भूषण राणाको घरमा प्रहरी छापा

ललितपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा आइतबार साँझ प्रहरीको विशेष टोलीले छापा मारेको छ। सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) बाट खटिएको टोलीले ललितपुरको जावलाखेलस्थित राणाको निवास वरिपरि घेराबन्दी गर्दै खानतलासी सञ्चालन गरेको हो। छापामा स्थानीय प्रहरी पनि संलग्न थिए।  घरभित्र रहेका कागजात, कम्प्युटर, मोबाइललगायतका विद्युतीय उपकरणहरू जफत गरिएको श्रोतले […]

कुभिण्डो काट्ने जात्राको लागि आवश्यक सामाग्री हस्तान्तरण

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बिजयादशमीको भोलिपल्ट पापांकुश एकादशीको दिन मनाइने खाँ पिहाँवइगु जात्राका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। यो जात्रा परम्परागत रूपमा मल्लकालीन सेनाको झल्को दिने खालको हो, जहाँ सहभागीहरू फलामको टोपी, तलवार, खड्ग र ढाल बोकेर युद्धमा उत्रन लागेको सिपाही झैं देखिन्छन्। जात्राको अन्त्यमा भुईफसी (कुभिण्डो) काट्ने परम्परा भएकाले यसलाई भुईफसी पाल्यु […]