काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड अर्थात् उत्तीर्ण भए। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख […]
मुख्य समाचार
आयोगले सरकारलाई पठायो सुकुमबासीहरूको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन (पूर्णपाठ)
ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा बसोबास गरिरहेका सुकुमबासीहरूको मानव अधिकारको अवस्थाबारे तयार पारेको अनुगमन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। सरकारले सुकुमबासी बस्तीका घर तथा टहराहरू हटाएपछि त्यहाँका बासिन्दाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा परेको असरबारे आयोगले स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारेको थियो। आयोगका प्रवक्ता एवं […]
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने घोषणा सरकारले गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त सभामा प्रस्तुत आगामी […]
दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सबै बर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधाार संविधान संशोधनका साझा विषय […]
करको संरचना पुनरावलोकन गर्ने सरकारको घोषणा, तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’
काठमाडौं । सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो । उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ,’ उनले वाचनका क्रममा भने । यस्तै सरकारले तोकिएकोभन्दा बढी […]
एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । बैठकमा सहभागी हुनका लागि परीक्षा बोर्डले सदस्यहरूलाई बोलाइ सकेको छ । परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिबारे छलफल भइरहेको बताए । एसईई परीक्षा गत चैत १९ […]
विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको रोक
काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा रहेका विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सरकारले केही दिनअघि विश्वविद्यालयभित्र हुने राजनीतिक गतिविधि नियन्त्रण गर्ने तर्कसहित विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि विभिन्न विद्यार्थी संगठनहरूले त्यसलाई संविधानले प्रत्याभूत गरेको संगठन स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै विरोध जनाएका […]
युद्ध अन्त्य गर्ने इरानको प्रस्ताव ट्रम्पले गरे अस्वीकार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न इरानले राखेको पछिल्लो प्रस्तावलाई अस्वीकार गरेका छन्। युद्ध अन्त्य र आणविक कार्यक्रमबारे वार्ताका लागि अमेरिकाले पठाएको १४ बुँदा समेटिएको एकपन्ने समझदारी पत्रमा (एमओयू) इरानले जबाफ पठाएको छ। इरानले जबाफ पठाएको बताएको केही घण्टापछि ट्रम्पले त्यसलाई अस्वीकार गरेका हुन्। इरानको प्रस्तावका विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अनि ट्रम्पले […]
प्रधानमन्त्री कार्यालयले फिर्ता ल्यायो ७०१ दोहोरो सुविधाका गाडी
काठमाडौँ । सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासक समेतले प्रयोग गरिरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको छ। प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार शुक्रबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ७०१ वटा सुविधाका गाडी फिर्ता ल्याएको हो। उनका अनुसार विभिन्न ३४ निकायबाट गाडी फिर्ता ल्याइएको छ। त्यसमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत लगिएका […]
नीति तथा कार्यक्रम स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको छ। आज अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय छ। त्यसअघि आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो। मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘नेपालको संविधानको धारा ९५ […]










