काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेद्र शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरिरहेको गतिविधि “आतङ्कवादी शैली” को भएको टिप्पणी गरेका छन्। मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै ज्ञानेन्द्र शाहीले सत्ता स्थायी नहुने भन्दै सरकारलाई हेक्का राख्न चेतावनी दिएका हुन्। ‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ । तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’ उनले प्रश्न […]
मुख्य समाचार
रास्वपा र सेनामाथिको टिप्पणीले विवाद, बादलको भनाइ हटाउन माग
काठमाडौँ । रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा राखेको अभिव्यक्तिप्रति दुई सांसदले नियमापत्ति गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बादलले नेपाली सेनासम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मनिष झा र खुश्बु ओलीले नियमापत्ति गरेका हुन्। दुवै सांसदले संसद्मा दिएको अभिव्यक्ति संसदीय मर्यादा र संवेदनशील संस्थाको गरिमाविपरीत रहेको दाबी गर्दै उक्त टिप्पणी संसद्को रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरेका छन्। […]
कैलालीमा दुःखद घटना : दुई किशोरी मृत्त अवस्थामा भेटिए
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार गोदावरी नगरपालिका–५ गेटाकी १६ वर्षीया र वडा नम्बर–८ स्याउलेकी १५ वर्षीया किशोरी आ–आफ्नो घरको कोठाभित्र पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले दुवै घटनाबारे अनुसन्धान […]
प्रतिनिधिसभाको शून्य समय: बाढी जोखिम, दलित हत्या र सुकुम्वासी विस्थापनबारे सांसदहरूको चिन्ता
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले बाढीपहिरो, डुबान, शिक्षा, स्वास्थ्य, दलितमाथि हिंसा तथा सुकुमबासी व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। वर्षायाम नजिकिँदै जाँदा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्ने विषय संसद्मा प्रमुख रूपमा उठेको थियो। सांसद राजेशकुमार चौधरीले रौतहट जिल्ला चारैतिर नदीले घेरिएको हुँदा हरेक वर्ष सदरमुकाम डुबानमा पर्ने गरेको उल्लेख गर्दै […]
‘यो संसद् सिमेन्ट र फलाम मात्र होइन, बलिदानको प्रतीक हो’ : प्रचण्ड
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संसद् व्यवस्था हजारौँ सहिदको बलिदान, आन्दोलन र संघर्षको उपलब्धि भएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले अहिलेको संसद् केवल सिमेन्ट, इँट र फलामले बनेको संरचना मात्र नभई सहिदहरूको रगत र बलिदानको प्रतीक भएको बताएका हुन्। “बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको […]
शीतल निवासमा राष्ट्रपति–सभामुख भेट, समसामयिक विषयमा छलफल
काठमाडौँ । रामचन्द्र पौडेल र डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसद्को गतिविधि तथा सरकारको नीति तथा कार्यक्रमसँग सम्बन्धित विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्ला दिनहरूमा […]
बन्दुक देखाएर अपहरण गरेको आरोपमा श्रममन्त्रीका सचिवालय सदस्य पक्राउ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी गम्भीर अपराध मुद्दामा पक्राउ परेका छन्। सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी घर भई हाल राजविराज नगरपालिका–३ पाख्रेल टोल बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई प्रहरीले सोमबार राजविराजबाट पक्राउ गरेको हो। सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीले मियाँलाई […]
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँएर डरलाग्दो दुर्घटना, ३७ जना घाइते
धादिङ । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा डरलाग्दो दुर्घटना भएको छ । उक्त दुर्घटनामा ३७ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११:३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै […]
महभिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न […]
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ । […]











