थप एकमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

काठमाडौँ । शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।  

अन्ततः गले प्रधानमन्त्री ओली, दुवै अध्यादेश फिर्ता लिने निर्णय

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो […]

भोजपुर, धनुषा र उदयपुरमा थप कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमणको दर बढ्दो

काठमाडौं । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए । आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा […]

आजकै दिन गएको थियो नेपालमा शक्तिशाली भुकम्प, गोरखा भूकम्पको पाँच वर्ष पूरा

काठमाडौँ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण आठ लाखभन्दा बढी निजी आवास भत्केका थिए । करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए । करिब २२ हजार मानिस घाइते भएका थिए । लाखौँ मानिस घरबाट […]

आज ठूलो हावाहुरीसहित वर्षा हुने, सजग रहन मौसमविदको चेतावनी

काठमाडाैं । आज मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले आज शुक्रबार दिउँसो १/२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाे जानकारी दिएकी हुन। ‘यसमा […]

कोरोनाविरुद्ध पत्ता लाग्यो खोप, बेलायतमा परिक्षण खोप लगाउन सुरु

काठमाडौं । युरोपमा कोरोना भाइरसविरुद्धको खोपको मानवमा पहिलो परीक्षण सुरु भएको छ। बेलायतको अक्सफोर्डमा यो खोप मानिसमा लगाउन सुरु गरिएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसका लागि स्वस्फूर्त रूपमा तयार भएका दुई जनालाई खोप लगाइसकिएको छ भने ८ सय जनाभन्दा बढी मानिसले खोप लगाउने सूचीमा नाम लेखाएका छन् । तीमध्ये आधालाई मात्र कोरोना भाइरसविरुद्धको परीक्षण […]

नुन समेत बढी मूल्यमा बेच्दा दुई लाख जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी […]

रातारात राजपा र समाजवादी मिलेर जन्माए नयाँ पार्टी, मध्यरातमा कसरी भयो यस्तो निर्णय

काठमाडौं, १० बैशाख । बहुनेतृत्वमा चलिरहेका तराइ मधेशमा आधार बनाएका दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच मध्यरातमा अप्रत्यासित एकीकरण गर्ने निर्णय भएको छ । आन्तरिक रुपमा विवादले फुट्न थालेका दुई दल एकाएक मिलेपछि धेरैले यसप्रति आश्चर्य व्यक्त गरेका छन् । मध्यरातमा गरिएको सहमति अनुसार अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल […]

उदयपुरकै थप तीन जनामा भेटियो कोरोना संक्रमण

काठमाडौं, १० वैशाख । सबैभन्दा बढी संक्रमित भेटिएकाे उदयपुरमा थप तीन जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् । मस्जिदमा बसेका […]

केन्द्रीय कारागार अस्पतालमा कार्यरत २ नर्सको आरडिटी पोजिटिभ, पीसीआर रिपोर्ट भने नेगेटिभ

काठमाडौं, १० वैशाख । आरडिटी परिक्षणको रिपोर्ट पोजिटिभ देखिएका केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुइ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस संक्रमण भएको आशंकामा मंगलबार दुबै जनालाइ टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरुको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ देखिएको टेकु अस्पतालले जनाएको छ । सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना […]