रुखमा बाधिँ आगो लगाएको अवस्थामा काभ्रेमा अज्ञात मानिसको शव

काभ्रेपलान्चोक । काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको समयमा अज्ञात मानिसको शव फेला परेको हो ।

काभ्रेको पाँचखाल -४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट करिब ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा मुख र छातिमा फलामको तारले रुखमा बाधिँ आगो लगाएको अबस्थामा मृत शव फेला परेको जिल्ला प्रहरी परिसर काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

हाल नाम थर वतन नखुलेको शव पुरुष ब्यक्तिको भएको र अन्दाजी  २५ वर्षको युवा जस्तो देखिएको उनले जनाएका छन् ।

खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई घटना स्थल सुरक्षित राखिएको र शव १५/२० दिनको जस्तो सडिगलेको अबस्थामा रहेकोले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Loading...