उपचारका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका छन् ।

  दाँतमा अत्याधिक दुखाइ भएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका हुन् ।

वीर अस्पतालका डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

Loading...