नेपाल र बेलायतबीच १२ अर्बको अनुदान सहयोगको समझदारीपत्रमा हस्ताक्षर

भक्तपुर  । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा […]

नेपाल प्रधानाध्यापकहरुको अन्तराष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचित

काठमाडौं । इन्टरनेशनल कन्फिडेरेशन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदाम प्रसाद गौतम निर्वाचित भएका छन् । अफ्रिकन देश केन्यामा भएको अधिवेशनबाट गौतमले एशिया प्यासिक क्षेत्रबाट सबैभन्दा बढी मत ल्याइ निर्वाचित भएका हुन् । केन्यामा ३ दिने साधारण सभाबाट आइसीपीको नयाँ नेतृत्व चयन हुँदा एशिया प्यासिफिक रिजनबाट नेपालमात्र निर्वाचित भएको हो । […]

साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सवमा सर्जकहरु सम्मानित

२०८१ साउन २९, काठमाडौं। साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवसको अवसर पारेर आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यिक साधकहरू र कलाकारलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कलाकार के.के.कर्माचार्यको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भएको सो […]

मन्त्री पौडेलको घोषणाः सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र खोलिने 

साउन २९, भक्तपुर  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै, मन्त्री पौडेलले आफ्नो कार्ययोजनामा अङ्गदान केन्द्र स्थापनाको विषयलाई समेटिएको जानकारी दिनुभयो।    उहाँले सातवटै प्रदेशमा केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन गर्ने योजना […]

अनेसास नेपालले दियो बधाई र शुभकामना

२०८१ साउन २६ आइतवार । काठमाडौँ, सामाजिक विकास भवन अनामनगरमा अनेसास नेपाल च्याप्टरले २११ औं भानुजयन्ती मनाएको छ । यसै अवसरमा नेपाल च्याप्टरले अनेसास केन्द्रीय कार्यसमितिका नव निर्वाचित पदाधीकारी तथा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउनुकासाथै भर्खरै सम्पन्न भएको अनेसासको निर्वाचनमा नेपालबाट निर्वाचित एसिया उपाध्यक्ष सरिता अर्याल […]

किरण आचार्यको पौराणिक उपन्यास’अहिल्या’ लोकार्पित 

 उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’को आज २०८१ साउन २६ गते बिहान एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ। साहित्यिक पत्रकार सङ्घद्वारा आयोजना गरिएको कार्यक्रम अनामनगरस्थित डालो रेष्टुरेण्टमा सम्पन्न भएको हो। सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा प्रा.डा.जयराज अवस्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, समालोचकत्रय प्रा.डा.गोविन्दमानसिंह कार्की, प्रमोद प्रधान […]

बंगलादेशभरी कर्फ्यु, इन्टरनेट पनि बन्द

 बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ३२ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।  बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि […]

सीपयुक्त जनशक्तिका लागि सीटीईभीटी, वर्षेनी ५ हजार बढी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था

अजय कठायत । आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो । परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति निर्धारण, पाठ्यक्रम निर्माण तथा परिमार्जन, संस्था सम्बन्धन, अनुगमन र नियमन, […]

कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायरका विद्यार्थीलाई अभिमुखिकरण

काठमाडौंको मुटु कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायर (CNAS)ले आज आफ्ना कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उपत्यका र बाहिरका जिल्ला बाट समेत सिनासमा भर्ना हुन आएका विद्यार्थीहरुलाई शुक्रबार अभिमुखिकरण गरिएको हो । कार्यक्रममा कलेजका अध्यक्ष सहित विभिन्न वक्ताहरुले विद्यार्थीहरुलाई कलेजमा स्वागत गर्दै शिक्षाको महत्व र […]

बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन देखाउदै उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।नुवाकोटबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य समेत रही सकेका लामा २०७९ सालमा वागमती प्रदेश सभा सदस्य उम्मेदवार […]