पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ

पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रवार पार्टी कार्यालयमा प्रहरी सामू उनले आत्मसमर्पण गरेका हुन् । पक्राउ परेका लामिछानेलाई पोखरा पुर्याइने प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी परिसर कास्कीले उनीमाथि अनुसन्धान अघि बढाउने छ । पोखराको सूर्यदर्शन सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ […]

नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने

भक्तपुर ,२० असोज २०८१। पटक-पटक स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने भएको छ। शनिबार भक्तपुर थिमिस्थित बोदेमा सम्पन्न प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले मंसिर २८ मा सबै तहको निर्वाचन गर्ने सहमति गर्दै नयाँ नेतृत्व चयनको लागि बाटो खुला गरेको हो। महासंघको उक्त भेलाले निर्वाचन मिति तोक्न मात्र होइन, […]

निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।   माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको […]

पशुपतिमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालको दीप प्रज्वलन

ललिता शाह, काठमाडाै‌ँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ । मंगलबार मात्रै मन्त्रिपरिषद् निर्णय गरेको राष्ट्रिय शोकको दोस्रो दिन बुधवार सोह्र श्राद्धको अन्तिम दिन पारेर राष्ट्रिय मुक्ति क्रान्ति नेपालले दीप प्रज्वलन गरेकाे हाे ।  अध्यक्ष एव‌‌म् पूर्वमन्त्री राजेन्द्र महतोको उपस्थितिमा नेता तथा कार्यकर्ताहरुले मृतकहरूको सम्झनामा […]

आदर निकेतन सेवा छिटै सञ्चालन हुने बिजुक्छेँको विश्वास

भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ज्येष्ठ नागरिकहरुलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गरे । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले ज्येष्ठ नागरिकहरु सामाजका सम्पति […]

सेन्ट्रल कलेजमा दशैँ उत्सव (फोटो फिचर)

काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा विद्यार्थीहरुले शिक्षकहरुबाट टीका र आशीर्वाद लिएका छन् भने एक आपसमा शुभकामना साटासाट गरे । उत्सवको प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता  रहेको थियो । प्रतियोगितामा […]

बीआरआईमाथि राजनीति गरेर देशको पूर्वाधार विकासबाट नपन्छिन विज्ञको आग्रह

काठमाडौं । चीनले पहल गरेका बेल्ट एण्ड रोड इनिसियटिभ प्रोजेक्टहरुलाई छिटो कार्यान्वयनमा लग्न विज्ञहरुले जोड दिएका छन् । ‘नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव’का अवसरमा नेपाल–चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो जोड दिएका हुन् । बीआरआई चीनको मात्र महत्वाकांक्षी योजना नभएर यो समग्र विश्वको पूर्वाधार विकासको […]

सांसद श्रेष्ठको प्रश्न नेताहरूलाई: बाँकी उपलब्धि हासिल गर्न फेरि एकजुट हुने कि आ–आफ्नै बाटोमा विभाजित रहने?

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद गंगानारायण श्रेष्ठले जनयुद्धको क्रमममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जिम्मेवारी तत्कालिन नेतृत्वले लिनु पर्छ पर्दैन भनेर प्रश्न गरेका छन् । बिहीबार जनयुद्धका क्रममा २०६१ भाद्र २० गते सिहराको धन्छबारमा सहादत प्राप्त गरेका माओवादीका नेताद्वय शेरमान कुँवर(विशाल) र मोहनचन्द्र गौतम(कुमार)प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले तत्कालिन […]

प्रहरी उच्च अधिकारीहरुले दायर गरेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुदै छ । प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र […]

सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने

भक्तपुर  । देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको क्यान्सर नमूना यसअघि नै प्रयोगशालाले परीक्षण […]