भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् । पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा मोटरसाइकलले ठक्कर दिएको थियो । सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्र.०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी […]

भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह

भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अलपत्र परेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटी उनले निर्माण कार्य सुचारु गर्न आग्रह गरेका हुन् । सांसद थापाले शिलान्यास भएको लामो समयसम्म पनि निर्माण कार्यले गति लिन नसकेको प्रति मन्त्रीलाई ध्यानाकर्षण गराएका […]

उडान समय छोटिएपछि बुद्ध एयरको उडान निर्देशिका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हँुदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत […]

ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर

गण्डकीमा पटक पटक मन्त्री भएका प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैदको फैसला सुनाएको थियो […]

नेपाल र भारतबीचको सेमिफाइनल सुचारु, नेपालले फर्कायो गोल

दक्षिण एशियाली देशका समूह सम्मिलित साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल पुनः शुरु भएको छ । १० खेलाडीमा सीमित नेपालले भारतलाई फेरिपनि गोल गरेको छ । सावित्रा भण्डारी साम्बाले उक्त गोल गरेकी हुन्। खेलको दोश्रो हाफको ७१ औं मिनेटमा भारतीय टोलीले गोल गरेको थियो । सो खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु […]

स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

bhaktapur municipality building

यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पूजारीहरु, राजोपाध्याय, नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद् लगायतका सरोकारवालाहरु संलग्न बैठकले सो निर्णय गरेको हो । बैठकले २०८१ कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि […]

प्रतिशोधले हिरासतमा राखेको रविलाई रिहाइ गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर हिरासतमा राखेको निष्कर्ष निकाल्दै सरकारसँग अविलम्ब चाँडो रिहाइको लागि माग गर्ने निर्णय गरेको छ।  शनिबार पाार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोध त्यागेर सभापति लामिछानेलाई रिहाइको माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।  ‘पार्टी सभापति एवं संसदीय दलको […]

निराजनको नेतृत्वमा मगर विद्यार्थी संघ सिन्धुपाल्चोकमा नयाँ कार्यसमिति

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सदरमुकाम चौतारामा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट निराजन थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुस्मिता रखाल मगर, सचिवमा करुणा रखाल मगर, सह सचिवमा मनिका राना मगर र कोषाध्यक्षमा नवीन थापा मगर निर्वाचित भएका छन् । सर्वसम्मत रूपमा निर्वाचित […]

यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न भ्रष्टाचार काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सनिबार सम्बोधन उनले सरकारलाई प्रश्न गरेका हुन् । नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर […]

माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा

फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४ मा समूह चरणको दोस्रो खेलमा माल्दिभ्समाथि नेपालले शानदार जित हासिल गरेको हो । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सम्पन्न खेलमा नेपालले ११ गल गर्दा माल्दिभ्स भने गोलरहित हुन् बाध्य भयो । नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो। […]