माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा

फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४ मा समूह चरणको दोस्रो खेलमा माल्दिभ्समाथि नेपालले शानदार जित हासिल गरेको हो ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सम्पन्न खेलमा नेपालले ११ गल गर्दा माल्दिभ्स भने गोलरहित हुन् बाध्य भयो । नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो।

यसअघि सन् २०१६ मा पनि ९–० माल्दिभ्सलाई पराजित गरेको थियो। जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।

नेपालको चार अंक छ। भुटानको पनि समान चार अंक छ। भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूहचरणको अन्तिक खेल खेल्ने छ। यही खेलबाट समूहविजेताको टुंगो लाग्ने छ।

नेपाललाई पहिलो जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। यस्तै, प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनितता केसीले समान एक-एक गोल गरे। पहिलो हाफमा नेपालले चार गोल गरेको थियो।