एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो । नियमित विद्यार्थीका साथै बैकल्पिक र खुला विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो […]
मुख्य समाचार
नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा सम्मानित
२०८१ पुस ५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष पत्रकार निर्मला शर्मालाई बधाई एंव सम्मान समर्पण कार्यक्रमको आयोजना गर्यो । तपस होटल, बत्तिसपुतली, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा अध्यक्ष शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री माननीय पशुपति शमशेर जबरा र कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम […]
उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ र आधुनिक भवनको शिलान्यास समारोह सम्पन्न भएको छ। सोमबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गर्दै अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। दक्षिण कोरियाको सरकारको आर्थिक सहयोगमा निर्माण हुने यो भवनका लागि करिब ९.५ […]
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम निर्धारित समयको दुई घण्टा अघि अचानक स्थगित भएको हो । आयोजक गणतन्त्र सेनानी कोषका संयोजक रहेका बागमती प्रदेश सभा सदस्य तथा नेकपा(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रम स्थगित भएको जानकारी गराए । माओवादी केन्द्रका केन्द्रीय सदस्य, […]
नि:शुल्क शिक्षा र स्वास्थ्यले मात्र देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिन्छ: मन्त्री खड्गी
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी(श्रेष्ठ) ले बताएकी छन् । शिक्षा र स्वास्थ्य नि:शुल्क भए मात्र भ्रष्टाचार मुक्त देश निर्माण गर्न सकिने उनको भनाइ छ । भक्तपुरको दरबार क्षेत्र स्थित श्री पद्म उच्च माध्यमिक विद्यालयको १०१औ बार्षिकोत्सव समारोहलाई शनिवार सम्बोधन गर्दै उनले भनिन्, ” […]
१५ माघसम्म सरकारी कार्यालय १ घण्टा अघि नै बन्द हुने
चाडपर्व सकिएसंगै सरकारी कार्यालयको दैनिक सेवा प्रभावकारी देखिएको छ । सबै कर्मचारी उपस्थित देखिएका छन् । कार्यालय समय ५ बजे सम्म भन्ने सोच्नुभएको छ भने सो समय एक घण्टा घटेर ४ बजे नै कार्यालय बन्द हुन थालिसकेका छन् । १६ कात्तिक देखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुनेगर्छ […]
उपत्यकाब्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न
बुद्धशरण शाही/ काठमाडौ । प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाब्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघले आयोजना गरेको दुई दिने सो प्रतियोगिता आइतवार सम्पन्न भएको हो । काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर, काठमाडौं […]
नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना : सांसद थापा
नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा बताएका छन् । नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना भएको उनले बताए । शनिवार कटुन्जेमा आयोजित लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्ती समारोहमा बोल्दै सांसद थापाले सर्वमान्य नेता गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि राजनीतिक क्रान्ति सकिएको […]
उपत्यकाव्यापी अन्तर पालिका एकायन कराँते प्रतियोगिता शुरू
बुद्धशरण शाही/काठमाडौ । प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा प्रतियोगिता शुरु भएको हो । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराँते सङ्घले आयोजना गरेको प्रतियोगिता शनिवार सञ्चार उद्यमी भाष्करराज राजकर्णीकार र रघुवीर भक्त महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उनीहरुले […]
दोलखामा भूकम्प
दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।











