दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।