अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय सकिएको छ । बुधवार राती आवेदन भर्ने म्याद सकिएको हो ।
नेपालस्थित अमेरिकी दूतावासले दुई दिन समय थपिएको ७ नोभेम्बरसम्म आवेदन दिन सकिने ब्यवस्था रहेको बताएको थियो ।
डिभी अनलाइन बाट भर्ने एक प्रकारको चिठ्ठा हो । डिभी परेमा अमेरिकाले भिषा दिएर आफ्नो देश लैजाने गर्दछ । अनलाइनमा उपलब्ध गराइएको डिभी फारममा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू भरेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।