राष्ट्रकाे लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । वातावरण संरक्षण र मानवसेवालाई मूलमन्त्र बनाएर काम गरिरहेको अभियान एक सय हप्ता पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो । ‘वातावरण प्रदुषण र प्रकोप न्यूनीकरणमा मानवीय भूमिका’ विषयमा चित्रकला केन्द्रीत रहनुपर्ने अध्यक्ष मधु ढुङ्गेलले बताएका छन् । प्रतियोगिताको […]
मुख्य समाचार
अखिल(क्रान्तिकारी)का महासचिव उम्मेदवार प्रतिक, जसको बुबाआमा नै जनयुद्धमा शहीद बने
खोटाङ, १० माघ २०८१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । बुबा शहीद दिलकाजी […]
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ हुन् । उनलाई नक्कली प्रमाण पत्र लिएको आरोपमा सोमबार नै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर […]
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने विधेयक संसदमा पेस हुने
काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, […]
गोठाटारमा ३० वर्षीय युवकको शव फेला
काठमाडौ । काठमाडौंमा मृत अवस्थामा एकजनाको शव फेला परेको छ । कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा शव फेला परेको हो । अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको र उनको नाम,थर बतन नखुलेको स्थानीयले बताए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सर्लाहीको घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो । तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल […]
वातावरण विद खनाललाई पितृशोक
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक परेको छ । उनका पिता इलामको देउमाई नगरपालिका-६ का ६२ वर्षीय कृष्णप्रसाद खनालको असामयिक निधन भएको हो । भक्तपुरबाट बिराटनगर जाँदै गर्दा गत मंगलवार कृष्णप्रसाद कार दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते उनको उपचारकै क्रममा बिराटनगरस्थित नोबेल […]
बागमतीका मेयर उपमेयरलाई फसाउन सरकारले षडयन्त्र गरेको भन्दै माओवादी केन्द्रको आपत्ति
भक्ती रिजाल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा तथा उप-मेयर लिला कुमारी मोक्तानलाई फसाउन सरकारबाट विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेकपा (माओवादी केन्द्र) सर्लाहीले बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्लेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ” भुमिहिन, सुकुम्बासी दलित तथा अव्यवस्थित बसोबासीलाई बेघरबार बनाउने गम्भिर […]
जिसस प्रमुखको गुनासो : सामाजिक क्षेत्रमा काम गरौं भन्दा चार मेयर चार मुख गर्नुहुन्छ
भक्तपुर । एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहले अपनत्व नलिँदा एचआईभी संक्रमितहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा कठिनाइ भएको बताएका हुन् । उनीहरुले […]
प्रेस सेन्टर काभ्रेमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति
काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा रहेका छन् । सचिवमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिवमा प्रशान्त बन्जारा र समावेसी सहसचिवमा बिजय जिम्बा रहेका छन् […]











