कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ ।  बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । […]

शिवराजमा पहिलो पटक कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या ४३ पुग्यो

कपिलवस्तुको शिवराज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । शिवराज नगरपालिका ३, पुरानो छालाफैक्ट्री हाल सुपादेउराली रिसोर्टमा रहेको क्वारेन्टाइनमा राखिएका तीन जना पुरुषमा नयाँ कोरोना पोजेटिभ भेटिएको हो । उनीहरु साताअघि भारतको मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । कृष्णनगर नाका हुँदै लुकिछिपी तीनै जना फरक फरक मितिमा नगर प्रवेश गरेको बताइएको छ […]

रौतहटमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो । आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या […]

यसरी गरिन्छ कोरोना संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि

काठमाडौँ । सरकारले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुका शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बनाएको छ । कार्यविधिमा कोभिड-१९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न नहुने उल्लेख छ । कोभिड-१९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने र यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २७८

काठमाडौं, ३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । शनिबार दिउँसो थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कूल संख्या २७८ पुगेकाे हाे ।  शनिवार २६ वर्ष र ५२ वर्षका २ पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र ११ जना कोरोना […]

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु, महामारी नयाँ चरणमा प्रवेश

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारी नयाँ चरणमा प्रवेश गरेको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य […]

सेनाका मध्यपूर्वी पृतनापति उपरथी नै कोरोना संक्रमित

काठमाडौं, ३ जेठ । नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । तर, उनकाे अवस्थाका बारेमा अाधिकारिक जानकारी भने दिइएकाे छैन । स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । तिनै व्यक्ति नेपाली सेनाका मध्यपृतनाका प्रमुख भएकाे थाहा भएकाे छ । मन्त्रालयले […]

कोरोना पोजेटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी एकजना महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी उनी विहीबार राति धुलिखेल अस्पताल आएकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।  एकसाता अघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराइएकी ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएपछि सिन्धुपाल्चोकबाट रेफर गरिएको थियो […]

शैक्षिक अवस्था र आवश्यकता विपरितको नीति तथा कार्यक्रमः शिक्षाविद्

कठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षाको पुनर्संरचनाको विषय नसमेटिएको सरोकारवालाहरुले बताएका छन् । नयाँ कुरा भन्दापनि पुरानै कुरा दोहोरिएको भन्दै उनीहरुले आएका केही राम्रा विषयको पनि कार्यान्वयनमा शंका गरे । सरकाले  शिक्षामा आफ्नो प्रष्ट नीति, योजना र कार्यक्रम अघि सार्न नसकेको उनीहरुले टिप्पणी गरे । शिक्षा पत्रकार समूहले शनिवार आयोजना […]

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । सरकारले  स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानलाई  केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् । उनले […]