ठुलो संख्यामा डिएसपी र इन्स्पेक्टरको सरुवा, हेर्नुस् सूची

काठमाडौ । नेपाल प्रहरीले ठुलो संख्यामा डिएसपी र इन्स्पेक्टर सरुवा गरेको छ ।  प्रहरी प्रधान कार्यालयले १ सय २१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको हो । बुधबार प्रहरी महानिरीक्षक दिपक थापाले गरेको निर्णय प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको छ । हेर्नुहोस् सरुवा सूची

रघुजी पन्त शिक्षा मन्त्री नियुक्त

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई जिम्मेवारी दिएका छन् । प्रतिनिधि सभा सदस्य रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तलाई उनले सो जिम्मेवारी सुम्पिएका हुन् । ललितपुरका नेता पन्त समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका हुन् । रास्ट्रपति कार्यालयले पन्त शिक्षा मन्त्री हुने पुष्टि गरेको छ । […]

शिक्षाको पाठ्यक्रम तत्काल बदल्न, जडिबुटी र कृषिमा आधारित शिक्षा प्रणाली लागु गर्न माग

सुर्खेत । १३ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै कर्णाली एजुकेसन एक्स्पो सिजन वान सम्पन्न भएको छ । कर्णाली प्रदेसको राजधानी बीरेन्द्रनगर सुर्खेतमा ३ दिनसम्म चलेको एक्स्पोले कर्णालीको माटो सुहाउँदो र कर्णालीका नागरिकको जीवनसँग जोडिने शिक्षा प्रणाली र पाठ्यक्रम विकास गर्नुपर्ने लगायतका विभिन्न निष्कर्ष निकालेको छ । सरकारका मन्त्रीहरु, सचिवहरु, शिक्षा लगायत विभिन्न क्षेत्रका विज्ञहरु, अन्तराष्ट्रिय […]

शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । पछिल्लो समय शिक्षक आन्दोलनको चर्को दबाबका बीच उनको राजीनामा आएको हो। सरकारले विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने लगायत माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । चैत २० गतेदेखि काठमाडौं केन्द्रीत शिक्षकहरूको विरोध प्रदर्शन जारी […]

अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू प्रहरी नियन्त्रणमा

काठमाडौं । नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन जान लागेको बेला उनीहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयवाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लिङदेनसहित बुद्दिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन् । उनीहरूलाइ सिंहदरवारवाट गिरफ्तार गरी प्रहरी कार्यालयतर्फ […]

प्रधानमन्त्रीले गरे देउवा र प्रचण्डसंग परामर्श, के भयो कुरा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच समसामयिक राजनीति र संक्रमणकालीन न्यायको विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री […]

पत्रकारद्वय पौडेल र आचार्यलाई कानुन पत्रकारिता पुरस्कार

काठमाडौ । पत्रकार किरण पौडेल र सुदर्शन आचार्य कानुन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल बार एसोसियसनले पत्रकार पौडेल र आचार्यलाई नगद र कदर पत्र सहित पुरस्कृत गरेको हो । नेपाल बार एसोसियसनको वार्षिक साधारण सभा तथा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रमकाबीच उनीहरु पुरस्कृत भएका हुन् । वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्ण […]

चराको गुँड बनाउन सहयोग गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो । चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताएका हुन् […]

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवल उपमहानगरपालिका -११, बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी गम्भीर घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्रीलाई गोली लागेको प्रहरीले पुष्टि गरेको छ । उनको कम्मर माथि ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।  घाईते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा […]

हस्तकला उत्पादक संघको नेराकस अध्यक्षमा श्रेष्ठ

काठमाडौ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, हस्तकला उत्पादक संघको केन्द्रीय समितिमा सत्यराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । रविभवनमा सम्पन्न सातौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन सरकारी स्वायत्त संघका अध्यक्ष प्रकाश अवालेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विशिष्ठ अतिथि विष्णु कुमार श्रेष्ठ र अथिति निर्मला […]