धरहरामा निःशुल्क पार्किङ सुरु

काठमाडौं । सुन्धारास्थित धरहरामा निःशुल्क पार्किङ सुरू भएको छ। काठमाडौं महानगरपालिकाले धरहरामा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो। महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप […]

ग्यालेक्सी टिभीका मालिक राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौं । ग्यालेक्सी टेलिभिजनका मालिक जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । बिभिन्न सहकारीमा अर्बौ रकम अपचलन गरेको आरोप लागेपछि फरार भएका राईका विरुद्ध डिफ्यूजन नोनिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोलको सचिवालयलाई अनुरोध गरी पत्राचार गरेको हो । केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयलाई सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी […]

उपत्यकामा यसवर्षकै जाडो, २ डिग्रीमा झर्यो तापक्रम

काठमाडौं, १४ माघ । काठमाडौं उपत्यकाको तापक्रम २ डिग्रीमा झरेको छ । तापक्रम निरन्तर घटेसँगै उपत्यकामा यो वर्षकै बढी जाडो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागले आज आइतबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको जनाएको छ । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ […]

काठमाडौंमा अत्यधिक चिसो, तापक्रम यस वर्षकै न्यून

काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकामा अत्यधिक चिसो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको जनाएको छ । यो यस वर्षकै न्यून तापक्रम हो । महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यसअघि यही माघ ८ […]

माओवादी नेतृत्व रहेको मरिण गाउँपालिका वित्तीय सुशासनमा सर्वोत्कृष्ट

marin gaupalika

सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन(FIDUCIARY RISK ASSESSMENT) मा सिन्धुली जिल्लाको मरिण गाउँपालिका उच्चत्तम अंक हासिल गर्दै प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को वित्तीय सुशासन जोखिम मूल्यांकन गर्दा देशैभरका स्थानीय तहमा मरिण गाउँपालिका सर्वोत्कृष्ट भएको हो ।  कार्यविधि नै बनाएर स्थानीय तह वित्तीय सुशासन जोखिम […]

भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

 विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको आयोजक भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले पुष्टि गरेका छन् । १९ स्वर्णसहित मध्यपुर थिमी […]

संघीयता अनुभूति हुनेगरी काम गर्न बागमती प्रदेशका कर्मचारीलाई निर्देशन

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले संघीयता अनुभूति हुनेगरी सेवाप्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन । कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले प्रदेश गौरवको आयोजना कार्यान्वयनमा कर्मचारीतन्त्रले तदारुकता नदेखाएको गुनासो समेत गरेका छन । एकात्मक ब्यवस्थामा जागिर खाएका केही उच्च […]

अनेसासद्वारा पूर्व केन्द्रीय सचिव हरि मानन्धरलाई आर्थिक सहयोग प्रदान

पुस २७, २०८० । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व सचिव हरि मानन्धरलाई अनेसासले २ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।   विगत तीन वर्षदेखि किड्नीमा समस्या आई डाइलासिस गराइरहेका मानन्धरलाई अनेसासले दाताहरूबाट संकलित रकम सहयोग गरेको हो । विभिन्न देश विदेशमा रहनुभएका अनेसासका पदाधिकारी, सदस्यहरू, च्याप्टर अध्यक्ष एवं अन्य पदाधिकारी एवं सदस्यलगायतका साहित्यानुरागीहरूबाट […]

अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले मनाएको छ । जनवरी ११ लाई अनेसास स्थापना दिवसको रुपमा मनाउने निर्णय भएअनुसार अनेसासले स्थापना दिवस आरम्भ वर्षको रुपमा मनाएको हो । मंगलवाचनद्वारा सुरुवात गरिएको यस समारोहको अवसरमा अनेसासले  संस्थापक अध्यक्ष होमनाथ सुवेदी, उपाध्यक्ष, शिव सत्याल पीठ, महासचिव अच्युत श्रेष्ठ, सचिव राजु […]

राष्ट्रिय सभामा जाने उम्मेदवार माओवादीले लगायो टुङ्गो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभामा पार्टीका तर्फबाट पठाइने उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो । माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा […]