घरमै बसेर स्वास्थ्य सेवा लिन आह्वान गर्दै चिकित्सक संघद्वारा मोबाइल नम्बर सार्वजनिक

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट बच्न आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान नेपाल चिकित्सक संघले अपिल गरेको छ । नेपाल सरकारले घोषणा गरे बमोजिम अत्यावश्यक अवस्था बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान संघले अपिल गरेको हो । नेपाल चिकित्सक संघले आइतवार […]

कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन

काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा. खतिवडाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयसम्बन्धी […]

नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु,

काठमाडौँ, ९ चैत । काठमाडौँमा एलपी ग्यासको ढुवानी माग भन्दा बढि गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । सङ्घका अनुसार एलपी ग्यास […]

नक्कली शैक्षिक प्रमाणपत्र र शिक्षक लाइसेन्सको भरमा आयोग उत्तीर्ण शिक्षक अख्तियारको फन्दामा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र र शिक्षक अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को आधारमा शिक्षक सेवा आयोगको स्थायी परीक्षा उत्तीर्ण गरेका एक शिक्षक बिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र र शिक्षक लाइसेन्सको आधारमा आयोग उत्तीर्ण शिक्षक जितेन्द्र कुमार झा बिरुद्ध मुद्दा दायर गरेको हो । सुर्योदय माध्यमिक विद्यालय हुम्लामा […]

नेपालमा कोरोना भाइरस भित्रिएको अडियो भाइरल बनाउने युवक भक्तपुरबाट पक्राउ

कोरोनाको कारण मानिस मरिरहेको कुरा राज्यले लुकाइरहेको अडियो पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति भक्तपुरको सिपाडोल बस्ने बिबेक थापामगर हुन् । रामेछाप घर भै सिपाडोल बस्ने बिबेकलाई प्रहरीले पक्राउ गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार करिब ३ बजेको समयमा भक्तपुरबाट उनलाई पक्राउ गरिएको हो । ”२० वर्षिय बिबेकलाई भक्तपुर प्रहरीको […]

बसपार्कमा कोरोनासँगै ट्राफिक त्रास, प्रत्येक गाडीबाट ५ हजार उठाउँदै प्रहरी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि नेपालमा पनि ठूलो त्रास उत्पन्न भएको छ । अहिलेसम्म कोरोनाको संक्रमण व्यापक नभए पनि संक्रमण बढ्यो भने त्यसलाई नियन्त्रण गर्ने तयारी र क्षमता निकै कमजोर रहेको भन्दै सरकारप्रति आक्रोश पनि उत्पन्न भइरहेका छन् । यही त्रासले अहिले राजधानी छोडेर गाउँघरतिर जानेहरुको संख्या ह्वात्तै बढेको छ […]

कोरोनाको महासंकट: यस्तो छ प्रधानमन्त्री ओलीको सम्वोधनको पूर्ण पाठ

देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ। म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होईन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरू सामु […]

(कोभिड–१९) त्रास: राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

काठमाडौँ, ७ चैत । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना संक्रमण र त्रासका कारण राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । सरकारले कोरोना भाइरसको […]

शिक्षक लाइसेन्स: निमावि सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । बिहिवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी २२ हजार ९९ परीक्षार्थी मध्ये ७४२ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै १२३३ जनाको वस्तुगत परीक्षा रद्द […]

एसईई स्थगनपछि डा. बाबुराम भट्टराईको भविष्यवाणी: काजीगुटले माओवादी सिध्यायो अब नेकपा सिध्याउँछ

भक्तपुर,६ चैत । पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि आक्रामक अभिव्यक्ति दिएका छन् । बिहीवार शुरु हुने परीक्षा बुधबार स्थगन गरिएपछि उनले आक्रामक अभिव्यक्ति दिएका हुन् । बिहीवार सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गर्दै उनले सरकारको निर्णयलाई नेता नारायणकाजी श्रेष्ठसंग जोडेर रीस पोखेका […]