सरकारमा एक यादवको इन, अर्काको आउट

उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) निर्माण भएपछि बिकसित राजनीतिले उपेन्द्र यादव नेतृत्वको पार्टी सरकारबाट बाहिरिएको छ भने राई नेतृत्वको पार्टी सरकारमा सामेल भएको छ ।

सोमबार बिहान उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पार्टीका प्रदिप यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छ भने राई नेतृत्वको जसपा समर्थनमा उभिएको छ ।

जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जसपाबाट प्रदिप यादव स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । जसपाबाट वनमन्त्रीमा नवल किशोर साह सुडी रहेका छन् ।

जसपाले रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेपनि खानलाई मात्र राज्यमन्त्रीमा नियुक्ति गरिएको छ ।