कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सिरोहियालाई थप अनुसन्धानका लागि धनुषा पठाइएको प्रहरीले जनाएको छ । उनी कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका थिए । नागरिकता कीर्ते आरोपमा धनुषा प्रहरीमा सिरोहियाविरूद्व उजुरी परेको थियो । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

सिरोहियाविरूद्व जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाले विभिन्न कम्पनी दर्ता गर्न छुट्टाछुट्टै नागरिकता नम्बर प्रयोग गरेको बताइएको छ ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

सिरोहियाले भने गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफुलाई पक्राउ गरेको जिकिर गर्दै कान्तिपुर यसबाट बिचलित नहुने बताएका छन् ।