कोभिड-१९ बारे जानकारी दिन सरकारले स्थापना गर्‍यो २४ घन्टे कल सेन्टर

काठमाडौं, ३०फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेसंगै कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबारबाट कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो। अब आजबाट […]

कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस

काठमाडौँ, ३० फागुन । कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस गरेको छ । डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले आफूले तयार पारेको प्रतिवेदन आज समितिमा पेश गरेको हो । प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ […]

घुस लिएर भाग्दै गरेका वन प्रमुख गाडी र घुस रकमसहित गठ्ठाघरमा पक्राउ

काठमाडौं, २८ फागुन । डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ । एक सेवाग्राहीसँग घुस लिएर दोलखाबाट फरार भएको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा […]

स्थानीय तहहरुमा ठूला जमघट नगर्न मन्त्रालयको अनुरोध

काठमाडौं, २९ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुमा ठूला जमघट नगर्न अनुरोध गरेको छ । मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक विवाह भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण […]

विश्‍व स्वास्थ्य स‌ंगठनद्वारा ‘कोरोना भाइरस विश्‍वव्यापी महामारी’को घोषणा

काठमाडौँ २९ फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी […]

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुन सक्ने

काठमाडौँ, २८ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीका मंगलबार साँझसम्मका सबै स्वास्थ्य रिपोर्टहरू सामान्य आएकाले उनलाई बुधबार डिस्चार्ज गर्न कुनै समस्या छैन। ‘आजका केही रिपोर्टहरू आउन बाँकी छ । […]

विप्लव नेकपाले दियो गोकुल बास्कोटाको घरमा बम विष्फोट गर्नुका १० कारण

काठमाडौं, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा भएकाे प्रेसर कुकर वम विस्फोटकाे जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले लिएकाे छ ।  बास्कोटाले भक्तपुरमा बनाउँदै गरेकाे नयाँ घरमा बम विष्फाेट गर्नुका १० कारणसहितकाे पत्र नेकपाले सार्वजनिक समेत गरेकाे छ । बुधबार बिहान पौने ८ बजेतिर भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ […]

बेलायती स्वास्थ्यमन्त्रीलाइ कोरोना भाइरस संक्रमण

काठमाडौं, २८ फागुन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् । बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । […]

वुहानमै पुगेर सी जिनपिङले गरे वुहान र हुपेइ सहरमा कोरोना नियन्त्रणमा लिएको घोषणा

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी चिनफिङले हुपेइ प्रान्त र वुहान शहरमा कोरोना भाइरस नियन्त्रणमा आएको बताएका छन्। मंगलबार कोरोनाको उद्गमस्थल मानिएको वुहान शहरमै पुगेर सीले कोरोना भाइरस हुपेइ र वुहानमा नियन्त्रणमा ल्याउन सकेको बताएको सिन्ह्वाले जनाएको छ। सीले कोरोनाको उपचारमा खटेका हुपेइका स्वास्थ्य अधिकारी, प्रहरी तथा सेनालाई धन्यवाद दिएका थिए। चिनियाँ राष्ट्रपति वुहान पुगेसँगै चीनमा […]

मुख्यमन्त्री शेरधन राईलाई श्रीमान दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् । दोलखा घर भएको बताउँने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार […]