थप २ सय ७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३६४ पुग्यो

काठमाडौँ ।  थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ४ हजार ३६४ पुगेको जनाए ।जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन् । प्रवक्ता […]

काठमाडौंको न्यूरोडमा प्रहरी र व्यापारीबीच झडप

काठमाडौँ । न्यूरोड क्षेत्रका पसलहरु प्रहरीले बन्द गराएको छ । लकडाउनको विरोध गर्दै स्थानीय व्यापारी संघको अगुवाइमा केही दिनदेखि सबै खालका पसलहरु खोलिएका थिए । तर मंगलबार बिहान प्रहरीले खोलिएका पसलहरु बन्द गराएको हो । त्यसक्रममा प्रहरी र न्यूरोड क्षेत्रका व्यापारीबिच झडपको अवस्था समेत आएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिएका छन् । […]

एक युवकले गरे आफ्नै पाँच जना साथीको हत्या

काठमाडौं, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा एक युवकले आफ्नै ५ साथीको हत्या गरेका छन्। घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीका अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या भएकाे हाे। मृतक १४ देखि ४० वर्षसम्मकाे रहेकाे उनले बताए। ‘गाइफार्ममा शव भेटिएका छन्,’ घटनास्थलबाट […]

२४ घन्टामै थपिए २१३ संक्रमित, नेपालमा संक्रमितको सं‌ख्या पुग्यो ३४४८

काठमाडौं, २५ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ३४४८ पुगेकाे छ । आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि याे संख्या बढेको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । नयाँ […]

मलामी खोज्दै गाउँमा प्रहरी, स्थानीय त्रासमा

कैलाली, २४ जेठ । कैलालीमा प्रहरीले मलामी खाेजेर गाउँ पसेपछि गाउँलेहरु त्रसित भएका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका वार्ड नं ४ मा प्रहरीले यसरी मलामी खाेजेकाे हाे । मलामी खाेज्नुकाे कारण अरु नभइ काेराेना नै रहेकाे बताइएकाे छ । एक मृतक महिलाकाे शव जलाएपछि उनमा काेराेना संक्रमण रहेकाे पुष्टि भएपछि प्रहरीले उनकाे मलामी गएकाहरुलाइ खाेजि […]

आजदेखि विनियोजित बजेटको मन्त्रालयगत छलफल

काठमाडौँ । आगामी आर्थिक वर्षको विनियोजित बजेटको मन्त्रालयगत छलफल संसदमा आज (शुक्रबार) देखि सुरु हुँदै छ । विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तगर्त आज सातवटा मन्त्रालयका विभिन्न शीर्षकहरुबारे छलफल हुने कार्यसूचि छ । आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय […]

ब्यवसायीले खोले आफ्ना पसल, सडकमा बढे सवारी साधन (फोटो फिचर)

  काठमाडौं, २२ जेठ | सरकारले लकडाउन घोषणा गरेको ७३औं दिनमा व्यवसायीहरुले लकडाउनको उलङ्घन गर्दै पसल ब्यवसाय खोलेका छन् । बुधबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्ना सम्पूर्ण ब्यवसायीलाइ ब्यवसाय खोल्न आह्वान गरे पश्चात बिहिबार काठमाडौँका विभिनन भागमा पसल तथा अन्य व्यवसायहरु खाेलिएका हुन् । काठमाडाैंको मध्य व्यापारिक केन्द्र न्यूरोड र आसपासमा लकडाउन तोड्दै ब्यवसायीहरुले पसल […]

हङकङका विषयमा नेपालले चीनको पक्ष लियो

काठमाडौं । हङकङमा जारी तनावलाई लिएर नेपालले चीनको पक्षमा बोलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपालको एक चीन नीतिलाई दोहोर्‍याउयँदै हङकङ चीनको अभिन्न अंग रहेको जनाएको छ । चीनले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिलाई लिएर मिडियाले नेपालको प्रतिक्रिया मागिएको सन्दर्भमा परराष्ट्र मन्त्रालयले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र हङकङ चीनको अभिन्न […]

भारतबाट आएकी एक महिलाको गाउँको क्वारेन्टिनमा मृत्यु

कैलाली, २१ जेठ । क्वारेन्टिनमा एक महिलाको मृृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड नं १ असिग्राम आधारभूत विद्यालय रौनाकोटमा रहेकाे क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हाे । भारतबाट ४ दिन पहिले आएर उक्त क्वारेन्टिनमा रहेकी महिलाकाे मृत्यु भएकाे डडेल्धुरा प्रहरीले जनाएकाे छ । मृतक महिला ४ दिन अघि मात्र अाफ्ना श्रीमानसँगै […]

एमसीसी अस्वीकार गर्न माग गर्दै सत्तारुढ दलकै विद्यार्थीसहित माइतीघरमा प्रदर्शन

काठमाडौं, २१ जेठ । लकडाउनका वावजुत माइतीघरमा बुधवार एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरिएकाे छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि घातक रहेकाे भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । बुधवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनले समेत माइतीघरमा प्रदर्शन गरेको छ । त्यसैगरी नेपाल […]