स्थानीय तहबाट समाजवादको अभ्यास गर्न प्रचण्डको निर्देशन

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयले राजधानीमा आयोजना गरेको  स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमा रहेका पालिकाले समाजवादको अभ्यास शुरु गर्नु निर्देशन पनि दिए । […]

प्रेम छोटालाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार दिइने

कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने  कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८१ प्रेम छोटाले पाउने भएका छन् । नेपाली लोकसाहित्य लोक कला, संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।  यो पुरस्कारबाट पुरस्कृत हुने पहिलो विद्वान् सत्यमोहन जोशी थिए भने क्रमशः कृष्ण कँडेल, तुलसी दिवस, चूणामणि बन्धू, कुमार बस्नेत […]

हलेसी बजारमा भीषण आगलागी

खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझदेखि लागेको आगो नियन्त्रणमा आउँन सकेको छैन । हार्डवेयर पसलमा सल्केको आगोले दुई घर पूर्णरूपमा जलेको र अरु एक दर्जन घर जोखिममा रहेका छन् । आगो नियन्त्रणमा प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

अघिल्ला सरकारले गरेको सहमती शिक्षा विधेयकमा समेट्नुपर्छ : सांसद दाहाल

काठमाडौ ।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) ले अघिल्ला सरकारले सरोकारवालासँग गरेका सहमती विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो अवसरमा सांसद दाहालले कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी रहेका पनि बताए […]

शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाका मुद्दा समेट्ने सांसदहरूको प्रतिवद्धता

काठमाडौं । सांसदहरूले विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाका मुद्दाहरू समेट्ने प्रतिवद्धता जनाएका छन् ।संसदीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको सो विधेयकमा प्रारम्भिक बाल शिक्षामा विद्यमान समस्याहरु समाधान गरिने सांसदहरुले प्रतिवद्धता प्रकट गरेका हुन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको ‘शिक्षा विधेयक र प्रारम्भिक बाल शिक्षा’ विषयक अन्तरक्रियामा संसदीय शिक्षा समितिका […]

बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर आचार्य घाइते

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् । बेलुन उडाउने क्रममा आगो सल्किएर उनीहरू घाइते भएका हुन् । उनीहरुको अनुहारमा जलन भएको छ ।  दुबैलाई थप उपचारको लागि किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको […]

भोलि जनयुद्ध दिवस, बागमतीमा पनि सार्वजनिक बिदा

सर्लाही । भोलि फागुन १ अर्थात्, जनयुद्ध दिवस । तत्कालीन नेकपा(माओवादी) को नेतृत्वमा फागुन १, २०५२ बाट शुरु जनयुद्धले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो कुरा साचो भएपनि त्यो जस माओवादीलाई दिन बिपक्षी दलहरु भने हत्तपत्त तयार हुँदैनन् । नेकपा हुँदा जनयुद्ध  दिवस नै मनाएका वर्तमान प्रधानमन्त्री […]

एनआरएनएका नेता यस्ता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १ सय ९५ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय भएको छ। आइतबार सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३,४ र ५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा शेष घलेको संयोजकत्वमा नेपाल सरकारका प्रतिनिधि २ जना सहित १९५ सदस्यीय मूल आयोजक […]

प्रेस चौतारी सिन्धुलीको अध्यक्षमा दाहाल

सिन्धुली । सत्तारूढ दल नेकपा(एमाले)निकट प्रेस चौतारी नेपालको सिन्धुली जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएको छ । मंगलबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा विनय दाहाल निर्वाचित भएका चौतारीका नेता प्रेमकुमार दाहालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार उपाध्यक्षमा उद्दव श्रेष्ठ र  सुनिता विक निर्वाचित भएका छन् । […]

भक्तपुरबाट तीर्थयात्री बोकेको बस पृथ्वी राजमार्गमा पल्टिँयो, एकको निधन

भक्तपुर । भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बा ३ ख ८९२३ नम्बरको बस गएराती १० बजे धादिङको थाक्रे गाउँपालिका- ७ नौबिसेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । गुड्दागुड्दैको बस […]