परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमित बढी देखिएको भन्दै परिक्षण कम गर्न ट्रम्पको आग्रह

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेभिड १९ काे परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएकाे भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलाे बनाएर नाेभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएकाे एक चुनावी सभामा सम्बाेधन गर्दै ट्रम्पले साे आग्रह गरेका हुन् । अमेरिकाकाे ओक्लोहोमामा आयाेजना गरिएकाे चुनावी सभामा झण्डै दुई घण्टा […]

ग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम

कतिपय मानिसहरु ग्रहण हेर्न निकै उत्सुक रहन्छन । आज सूर्यग्रहण लाई लिएर पनि मानिसहरुमा निकै कौतुहलता हुन् सक्छ । तर, सूर्यग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम । १ सूर्य ग्रहणलाई खुला आखाँले हेर्नु हुँदैन सूर्य ग्रहणलाई खुला आँखाले हेर्नु हुँदैन । यो कार्य निकै हानिकारक हुनसक्छ । यो समय सूर्यबाट आउने खराब प्रकाशका कारण […]

यसरी परिवर्तन हुँदैछ एसईईको कानुनी व्यवस्था

काठमाडौँ ६ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ […]

विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा नेकपाको निर्णय

काठमाडौं, ६ असार । बालुवाटारमा बसेकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा निर्णय गरेकाे छ । बिदेशी बुहारी र ज्वाइलाइ नेपालकाे नागरिकता दिने बारेमा छलफल भइरहेका बेला सत्तारुढ नेकपाले अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको हाे । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शनिबार विहान […]

छाङरुमा सशस्त्रको गुल्म, खलंगामा गण राखिने

काठमाडौं, ३ असार । लिम्पियाधुरा, लिपुलेक कालापानीका बारेमा भारतसँग विवाद बढेसँगै दार्चुला जिल्लाको सदरमुकाम खलंगामा सशस्त्र प्रहरीकाे संख्या बढाइने भएकाे छ । साथै कालापानी नजिककाे क्षेत्र छाङरुमा पनि एक गुल्मकाे संरचना राखिने भएकाे छ । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सदरमुकाम खलंगामा गण र छाङरुमा गुल्म स्थापना गरिने जानकारी गराएका छन्। अाजै सशस्त्र प्रहरीका […]

एकै दिन ५८६ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे ७१७७

काठमाडौं, ३ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या सात हजार १ सय ७७ पुगेकाे छ । त्यसमध्ये ५८६ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन् । संक्रमितमध्ये अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने एक हजार १ सय ६७ जना निकाे भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको बैजनापुर–६ की ४६ वर्षीया […]

लद्दाखमा भारत–चिनियाँ सैनिकबीच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं, २ असार । भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ। पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ। सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान […]

क्वारेन्टिनमा सामूहिक बलात्कार गर्ने ३ स्वयमसेवकलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाकाे एक क्वारेन्टिनमा राखिएकी महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कैलाली जिल्ला अदालतले करणी सम्बन्धी कसूरमा उनीहरुलाइ अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ […]

कर्णाली प्रदेशले गर्यो मन्त्री-कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता र खाजा खर्चमा कटौती

सुर्खेत, १ असार । आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएकाे कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधामा कटौती गरेको छ । कर्णाली प्रदेश सरकारका अार्थिक मामिला मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट पेश गर्दै मन्त्री, राजनीतिक पदाधिकारी र […]

नेपाललाइ टुक्राइदिने धम्की दिने सरिता गिरीको सांसद पद निलम्बन हुने

काठमाडौं, १ असार । लिम्पियाधुरा-कालापानी-लिपुलेकसहितको भूगोल समेटेर नेपालको नक्सा संशोधन गर्ने विधेयकमा पार्टीको ह्वीपसमेत नमानेर त्यस विरुद्ध लागेको भन्दै सांसद सरिता गिरीमाथि उनको पार्टीले कडा कारवाही गर्ने भएको छ । जनता समाजवादी पार्टीले उनलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काषण गर्ने र उनको सांसद पद समेत निलम्बन गर्ने तयारी गरेको छ । समाजवादी […]