आज रामनवमी, यस्ता छन् भगवान रामलाई प्रसन्न पार्ने उपाय

आज रामनवमी । चैत शुक्ल पक्षको नवमी तिथीका दिन भगवान श्री रामचन्द्रको जन्म भएको मानिन्छ । भगवान रामको जन्म भएकोले आजको दिनलाई रामनवमी भनिएको हो । 

यो दिन मर्यादा पुरुषाेत्तम भगवान श्रीरामचन्द्रको जन्मदिन भएकोले हिन्दू धर्मावलम्बीले धुमधामले पूजाअर्चना र उपासना गर्दै उनको जन्मोत्सव मनाउँने गर्दछन् ।

रामनवमीमा भगवान् रामलाई खुशी पार्न सकिने केही कामहरू यस् प्रकार छन् :

रामको नाम जप: “राम राम” हरे राम हरे राम राम राम हरे हरे, वा “श्रीराम जय राम जय जय राम” मन्त्रको जप भगवान श्री रामलाई अति प्रिय लाग्छ ।

रामायण पाठ: तुलसीदासको रामचरितमानस वा वाल्मीकि रामायण को पाठ वा श्रवण गर्दा भगवान रामको कृपा प्राप्त हुन्छ ।

हनुमान चालीसा पाठ: हनुमान भगवान् रामका प्रिय भक्त हुन्, त्यसैले हनुमान चालीसाको पाठ गरे पनि राम प्रसन्न हुन्छन्।

भक्तिभावले पूजा: फूल, अक्षता, धूप, दीप, र प्रसादसहित राम, सीता, लक्ष्मण र हनुमानको पूजा गर्नु पनि उनलाई खुशी पार्ने उत्तम तरिका हो ।

निलो रङको प्रयोग: भगवान रामलाई निल वर्णको मानिन्छ । उनलाई निलो रङ सबैभन्दा प्रिय भएकोले सोको प्रयोगले उनी खुशी हुन्छन् ।

बयरको प्रसाद : भगवान रामलाई मनपर्ने फल बयर हो । परम भक्त सबरीको जुठो बयर खाएर उनले यो फलको महत्व बढाइदिएका छन् ।

सेवा र दान: गरिब, असहाय, जोगी र वृद्धहरूलाई खाना, लुगा वा अन्य आवश्यक सामग्री दान गर्दा भगवान राम प्रसन्न हुन्छन् ।

भजन/कीर्तन: घरमा वा मन्दिरमा रामको भजन गाउनु वा सुन्नु पनि भगवान रामलाई खुशी पार्ने एक राम्रो उपाय हो।

उपवास, योग र ध्यान : भगवान रामको यादमा उपवास बस्ने, योग र ध्यानमा केन्द्रीत हुँदा पनि उनी प्रसन्न हुन्छन् ।

सदाचार पालन: सत्य बचन, असल व्यवहार, क्रोधमा नियन्त्रण र मर्यादाको पालना लगायत रामका गुणहरूको अनुकरण गर्नसके उनलाई अरु केही चाहिदैन । यस्ता मानिसमा उनको कृपा रहन्छ ।