आइतबार सार्वजनिक बिदा

काठमाडौ । सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । आइतबार रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो ।

सरकारले राजपत्रमै सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गत वर्ष पनि रामनवमीमा सार्वजनिक बिदा दिइएको थियो ।

चैत शुक्ल पक्षको नवमी तिथीका दिन रामनवमी पर्व मनाइने गरिन्छ । यो दिन मर्यादा पुरुषाेत्तम भगवान श्रीरामचन्द्रको जन्मदिन भएकोले हिन्दू धर्मावलम्बीले धुमधामले पूजाअर्चना र उपासना गर्दै उनको जन्मोत्सव मनाउँने गर्दछन् ।

(समाचार शिर्षकमा अन्यथा भएकोले सच्याइएको छ ।-सम्पादक)