भीमदत्तनगर– ९ साउन । सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ ।भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२र७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार कार्यालयले जनाएको छ । पहिलोपटकको स्टिङ अपरेसनमा […]
मुख्य विशेष
नगर प्रमुखको विरोधमा उत्रेका दुई वडाध्यक्षसहित सबै रिहा
खोटाङ, ९ साउन । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नगर […]
नयाँ मौद्रिक नीतिः लघुवित्तमा पनि किन खुकुलो बने गभर्नर नेपाल ?
काठमाडौं, ८ साउन । लघुवित्तको सम्बन्धमा कडा धारणा राख्दै आएका गभर्नर चिरञ्जीवी नेपालले लघुबित्तको मर्जर र प्राप्तिका सम्बन्धमा भने खुकुलो नीति अवलम्वन गरेका छन् । बुधवार सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिमा लघुवित्तको मर्जर र प्राप्तिमा सामान्य सहुलियत मात्र व्यवस्था गरिएको छ । नयाँ नीतिमा लघुबित्तका सम्बन्धमा कडा नीति आउने अनुमान गरिएको थियो । तर, त्यसविपरित […]
सडक अवरुद्ध हुँदा राहत बाटोमै थन्कियो
गुल्मी,८ साउन । साँझबाट पुन सुरु भएको अवरिल बर्षाका कारण पहिरो प्रभावित क्षेत्रका पीडितलाई उद्धार गर्न समस्या थपिएको छ । बर्षा नरोकिएका कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताए । सत्यवति गाउँपालिका वडा नं – ४ लिम्घामा ७ वर्षीया तारा विक र डेढ वर्षीय सुमन विक अझै बेपत्ता छन् […]
एक जोर जुत्ताकै मूल्य चार करोड ८० लाख !
८ साउन, एजेन्सी । एक जोर जुत्तालाई कतिसम्म पर्ला ? केही सय, हजार या लाख ? तर, नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। सन् १९७२ को नाइकी […]
कांग्रेसले १५१ जनालाई कारवाही गर्ने
काठमाडौ, ८ साउन । एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ ।समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति […]
बिरामी श्रीमतीलाई औषधि राम्रोसंग खानु म अफिस हिडे’ भनेका गौतमको शव फेला
झापा, ८ सावन, । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ ।झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार १७ […]
मकवानपुरमा भीषण वर्षा, गाडी नै खोलाले बगायो
हेटौँडा, ८ साउन । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको […]
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गृहमन्त्रीले पोखे अनौठो गुनासो
काठमाडौं, ७ साउन । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको एक वर्ष पुग्न लाग्दा पनि यसबारे सत्यतथ्य बाहिर आउन सकेको छैन । सरकारले अपराधी पत्ता लगाएर पीडितलाई न्याय दिन सकेको छैन । सर्वत्र चर्चा पाएर निकै आवाज उठाइएको यो घटनामा प्रहरीको अनुसन्धान अहिलेसम्म असफल नै रहेपछि सरकारमाथि नै अनेकौ प्रश्न उब्जाइएका छन् […]
स्वचालित अनलाईन प्रणलीले अन्त्य गर्ला त दोहोरो वित्तीय विवरणको जालो
काठमाडौं, ७ सावन । आन्तरिक राजश्व विभागले दोहोरो वित्तीय विवरण बुझाउने व्यवासायिलाई कडाई गर्न स्वचालित कर प्रणलीको विकास गरेको छ । विभागले वित्तीय पारदशिर्तताको लागि व्यवसायिले बैंक तथा वित्तीय संस्थामा बुझाउने विवरण र आन्तरीक राजश्व कार्यलयममा बुझाउने विवरण आदान प्रदान गर्ने स्वाचालित प्रणलीको विकास गरेको हो । सरकारले गत आर्थिक वर्षको बजेटको बुँदा नंम्बर २५८ […]











