मलेसिया बिरुद्ध सिंगापुरको विशाल जित, नेपाल विजेता बन्न अब के गर्नुपर्ला ?

१० साउन, काठमाडौं । आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत सातौँ खेलमा आयोजक सिंगापुरले मलेसियालाई ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। सिंगापुरले यस अघि आफ्नो पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंग खेल वर्षाको कारण हुन नसके पछि अंक बाँडेको थियो। इन्डीएन एसोसीएसन […]

मलिंगा आज अन्तिम वानडे खेल्दै , पढ्नुस उनको करियरको ६ रोचक तथ्य

१० साउन, एजेन्सी । श्रीलंकाका तिब्र गतिका बलर लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। बंगलादेश बिरुद्द शुक्रबारबाट सुरु हुने ३ खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेल खेल्दै सन्यास लिने बताएका छन्। यद्धपि टि-२० क्रिकेटमा भने उनले सन्यास लिएका छैनन्। ३५ बर्षीय मालिंगाले इंग्ल्याण्डमा सम्पन्न बाह्रौं वानडे विश्वकप पछि सन्यास लिने हल्ला बाहिर आएपनि […]

आप्रवासी सवार डुंगा दुर्घटना हुँदा कम्तिमा ११५ जना बेपत्ता

एजेन्सी, अफ्रिकी मुलुक लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा कम्तिमा ११५ जना बेपत्ता भएका छन् । लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्दा सो दुर्घटना भएको हो । दुर्घटनापछि एक जनाको शव भेटिएको छ भने १३४ जनाको उद्धार गरिएको छ । करिब २५० जना सवार रहेको डुंगा दुर्घटना हुँदा बाँकी सबै बेपत्ता भएका छन् । […]

बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति

काठमाडौं १० साउन । बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति पुगेको छ । चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए । […]

भदौंको अन्तिम साता मोदी नेपाल आउने

Narendra-Modi

काठमाडौं, १० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते सेप्टेम्बर १७ देखि २० तारिख हुने उनको भ्रमणको तयारीका […]

नेपाल प्रहरीका ४ सय ३७ इन्स्पेक्टरको सरुवा : हेर्नुस् को कहाँ

नेपाल प्रहरीका ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । बुधबार इन्स्पेक्टरहरुको सरुवा निर्णय गर्दै प्रहरी प्रधान कार्यालयले यसको जानकारी दिएको हो । प्रहरी प्रधान कार्यालयले साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ । प्रहरी महानिरक्षकको ०७६/०४/०८ को बैठकको निर्णयले उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल […]

तीन जलविद्युत आयोजना तहसनहस पार्ने दोर्दी खोलामा यसरी आएको थियो भयानक बाढी (भिडियो)

लमजुङ, ९ साउन । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो ४ बजेतिर अचानक आएको बाढीले बगाउँदा अहिलेसम्म चार जनाको शव भेटिएको छ । दोर्दी खोलामा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई खोलामा अचानक आएको बाढीले बगाएको थियो । साथै सुरुङमा काम गर्ने मजदुरहरु पनि सुरुङमै बाढी पस्दा वेपत्ता भएका थिए । बाढीले बगाएका २ जनाको शव दोर्दी […]

तरकारीमा विषादी परीक्षणको नतिजा नै अविश्वसनीय

नेपालमा तरकारी र फलफूल लगायतका खाद्यमा विषादीको अवशेषबारे वास्तविक अवस्था पहिचानमै समस्या रहेको विज्ञहरूले बताएका छन्। खाद्य सामग्रीमा विषादीको सही पहिचानका लागि खानेकुराको चरणबद्ध जाँच, भएकै विधिहरूको स्तरोन्नति र नमुनाका तुलना गर्ने क्षमतासहितका आधुनिक प्रयोगशाला आवश्यक रहेको बताइएको छ। काठमाडौंको कालिमाटीसहित देशका सात ठाउँमा रहेका प्रयोगशालामा अहिले नेपालमा दुईवटा समूहका विषादी मात्र जाँच्न सकिन्छ। तर […]

घरेलु तथा साना उद्योग विकास कार्यालयका खरिदार ७४ हजार घुससहित पक्राउ

काठमाडौं, ९ साउन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदार पुष्कर अधिकारी घुससहित पक्राउ परेका छन्। होटल व्यवसाय दर्ता गरिदिन भन्दै घुस मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले अधिकारीलाई ७४ हजार घुससहित रंगेहात पक्राउ गरेको हो। प्रशासनको टोलीले अन्य सेवाग्राहीबाट घुस लिएको रकमसमेत उनको साथबाट बरामद गरेको छ। रंगेहात बरामद […]

खोर्लाबेसीको एक ओढारमा अनौठो गरी लुकाइराखिएको १२ किलो सुन भेटियो

गोरखा, ९ साउन । नेपालमा टनका टन सुन तस्करी हुने गरेको चर्चा बजारमा छाइरहँदा गोरखामा अपत्यारिलो गरी लुकाइएको ठूलो मात्रामा सुन भेटिएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेसीमा लुकाई राखेको अवस्थामा १२ किलो सुन भेटिएको हो । उक्त सुन कतै व्यवस्थित गरेर घरमा लुकाइएको अवस्थामा भेटिएको होइन । खोर्लाबेसीको एक ओढारमा लुकाएर राखिएको अवस्थामा […]